Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

नेपाली धानको मूल्य घट्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
A A
file photo

file photo

2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगन्ज नाका हुँदै भारतबाट धान आयात हुन थालेपछि नेपाली धानको मूल्य घटेको छ । नेपाली धानको मूल्य घट्दा किसानलाई मर्का परेको छ ।

डेढ महिनाअघि नेपाली धानको भाउ प्रति क्विन्टल चार हजार तीन सय रुपैयाँ पुगेकोमा नयाँ धानको भाउ अहिले ह्वात्तै घट्दा किसानलाई घाटा लागेको हो । पर्सा, बारा लगायत मधेसका अन्य जिल्लामा विशेष गरी सोना मन्सुली धान लगाइने गरिन्छ ।

पर्सा र बारामा अहिले सोना मन्सुली धान प्रति क्विन्टल ३१ सयदेखि ३३ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । एक सातामा धानको भाउ किलोमा १२ रुपैयाँसम्म सम्म घटेको छ । धान भण्डारण गर्न नसक्ने भएकाले स्थानीय गोला भण्डारका व्यापारीसँग धान बिक्री गर्न किसानहरू बाध्य छन् ।

वीरगन्ज महानगरपालिका–२१ पटेल नगरका हरिनारायण कुर्मीका अनुसार खेतबाट भित्र्याइएको धानबाली भण्डारण गरेर राख्दा पछि तौल घट्दै जान्छ, कीराले पनि खान्छ, त्यसैले सिजनमै सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ ।

हाल पर्सा र बारामा सानारठूला गरी करिब तीन सय राइस मिल तथा खाद्य उद्योग सञ्चालनमा छन् ।

बारा र पर्सामा उत्पादित सोना मन्सुली मोटो धान केही राइस मिलले किनेर चामल बनाई पहाडी जिल्लामा पठाउने गरेको खाद्यान्न व्यवसायी सुरेश रूँगटाले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ मंसिर ११,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद