Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बर्दिबास अस्पताल भरपर्दो उपचार दिने भरोसा जगाउँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ७,शुक्रबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो ।

“अबचाहिँ उपचारै नपाएर मरिन्न होला”, महोत्तरीको बर्दिबास–२ की सङ्गीता मुखिया भन्नुहुन्छ, “अस्पतालमा बिरामीले राम्रो वास्ता पाउँछन्, बर्दिबास अस्पतालको उपचार सेवाबारे विश्वास र भरोसा बढेको छ ।”

विसं २०६४ मा स्थापित यो अस्पतालले क्रमशः सेवा विस्तार गर्दै गएपछि सेवा लिने निकै बढेका छन् । एकताका नजिकमै अस्पताल भए पनि उपचार पाउनेरनपाउने संशयले बाहिर उपचार गर्न जाने सर्वसाधारण अब यहीँ उपचार लिन थालेका छन् ।

आर्थिक वर्ष २०८०र८१ मा अस्पतालले २७ हजार ७१ जनालाई उपचार सेवा दिएको अस्पताल सेवा मेडिकल सुपरिटेण्डेण्ट डा सुदीप ठाकुरले बताउनुभयो । जसमा एक हजार पाँच सय ४९ सुत्केरी सेवा लिएका छन् । जसमध्ये चार सय ९६ जनाले शल्यक्रियाका माध्यमबाट सुत्केरी सेवा लिएका डा ठाकुरले स्पष्ट पार्नुभयो । उपचार सेवा लिने सेवाग्राहीमध्ये २३ हजार दुई सय ९८ जनाले ओपिडी सेवा लिएका छन् । खासमा सुत्केरी सेवाको कुशल व्यवस्थापनले अस्पतालको सेवाबारे राम्रो सन्देश प्रवाह भएको बर्दिबासका बारनचौडीका विदुर काफ्ले बताउनुहुन्छ ।

अस्पतालले आर्थिक वर्ष २०८१र८२ का बितेका चार महिना ९साउनदेखि कात्तिकसम्म० ११ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने चार सय माथि पुगेका छन् । शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै सङ्ख्या यो चार महिनाको अवधिमा एक सय ८५ छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको बर्दिबास–२ का गायत्री उपाध्याय बताउनुहुन्छ ।

सुरुमा १५ शय्याको यो अस्पतालले सेवा विस्तार गर्दै अहिले ५० शय्याबाट सेवा दिँदैछ । अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा छन् । यसैगरी ओपिडी सेवामा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी ९शल्यक्रिया०, इण्टरनल मेडिसिन र एमडीजिपी उपचार दिइरहेको डा ठाकुरको भनाइ छ ।

अस्पतालले सामाजिक सुरक्षा सेवा स्थापना गरी यसअन्तर्गत विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिलाई बर्दिबास नगरपालिकाको सिफारिसमा निःशुल्क र विशेष छुटमा उपचार सेवा दिने गरेको छ । सेवा विस्तार गरिँदै लगिएपछि अस्पतालमा बर्दिबास नगरक्षेत्रबाहेक जिल्लाकै औरही र भङ्गाहा नगरपालिका छिमेकी जिल्ला धनुषाको मिथिला तथा सर्लाहीको ईश्वरपुरसम्मका बिरामी उपचार लिन आउने गरेका अस्पतालले जनाएको छ । यसबाहेक सिन्धुलीको दुधौली नगरक्षेत्रका बिरामी पनि यहाँ उपचार लिन आउने गरेका छन् । बर्दिबास नगरपालिकाकै जनसङ्ख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ७४ हजार ती सय ६१ जना छ । यो र छिमेकका अन्य स्थानीय तहका गर्दा करिब दुई लाख जनाले यो अस्पतालको सेवा सम्पर्कमा रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ ।

अस्पतालमा हाल पाँच विशेषज्ञसहित १५ जना चिकित्सक, विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी ७५ जना र अन्य प्रशासनिक सेवासहित एक सय १० जना कार्यरत रहेका अध्यक्ष शर्माको भनाइ छ । बर्दिबास नगरपालिकाले नगरसभाबाटै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुँदा अस्पतालको सेवालाई अझ विस्तार गरिँदै गुणस्तरीय भरपर्दो बनाइँदै लगिने नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउनुहुन्छ । उपचार प्रबन्धले यो अस्पतालले मधेसभरिकै नगर अस्पतालमा उत्कृष्ट स्थान पाएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानको भनाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०८१ मंसिर ७,शुक्रबार
पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया
मुख्य समाचार

पर्सा–३ मा चुनावी सरगर्मी बढ्दै: एमाले उम्मेदवार रूपेश पाण्डेद्वारा कांग्रेस उम्मेदवार चौधरीको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया

प्रकाशित : २०८१ मंसिर ७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद