Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासनको सुविधायुक्त भवन तयार

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही,। सदरमुकाम मलङ्गवामा जिल्ला प्रशासन कार्यालयको भवन तयार भएको छ । पहिले कार्यालय रहकै स्थानमा सुविधा सम्पन्न साढे तीन तले भवनको निर्माण पूरा हुन लागेको हो । केही समयभित्रै औपचारिक उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारी रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

यसअघिको भवन अत्यन्त जीर्ण र साँघुरो भएपछि जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न नयाँ भवन तयार गरिएको हो । भवन निर्माण नहुञ्जेलसम्म जिल्ला प्रशासन कार्यालय प्राविधिक कार्यालयको भवनबाट सञ्चालनमा रहेको छ ।

नयाँ निर्माण भएको जिल्ला प्रशासन कार्यालयको भवनबाट केही महिनाअघिदेखि नै राष्ट्रिय परिचयपत्रको काम हुँदै आएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भवन तयार हुनै लागेकाले अब कार्यालयको सम्पूर्ण सेवा यहीँबाट सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।

यसअघि अत्यन्त साँघुरो र जीर्ण भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई अप्ठेरो परिरहेको अवस्थामा अब सुविधायुक्त पर्याप्त कोठा रहेका साढे तीन तले भवन निर्माण भएसँगै सेवा प्रदानमा सहजता हुने प्रमुख जिल्ला अधिकारीले विश्वास व्यक्त गर्नुभयो । कार्यालयले ठेकेदारलाई केही समय म्याद थप गरेर भवन निर्माणको काम पूरा गराएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद