Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

(सर्लाही),। सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बबिता पासवानलाई गत कात्तिक ३० साँझ एक्कासि सुत्केरी बेथाले च्याप्यो । उहाँलाई श्रीमान् अरुण पासवानले हतारहतार गाउँमा रहेको बर्थिङ सेन्टर पुर्‍य ाउनुभयो । बबिताको पहिलो बच्चा जन्मदै थियो । उहाँले सोही बर्थिङ सेन्टरमा नियमित गर्भ परीक्षण गराउनुभएको थियो ।

स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकाले बच्चा सामान्य ढङ्गले जन्मिन्छ भनेपछि बबिताका श्रीमान् अरुण पनि ढुक्क हुनुहुन्थ्यो । बबितालाई दुई घण्टामै परिवारले बर्थिङ सेन्टर पुर्‍य ाएका थिए । बर्थिङ सेन्टर पुगेको १० मिनेटपछिनै उहाँको बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठूलो भएकाले योनीमा चोट अर्थात् ‘भजाइन् टियरिङ’ भयो । त्यसपछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र बिमारीका आफन्तलाई आपत् आइलाग्यो । सुविधासम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनका लागि आवश्यक सियो ९क्याटगड० समेत थिएन । उपचारमा खटिनुभएकी स्वास्थ्यकर्मीले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूची बबिताको श्रीमानको हातमा राखिदिनुभयो तर मध्यरातमा कुनै उपाय थिएन ।

यता बबिता रगत बगाउँदै शय्यामा छटपटी रहनुभएको थियो । स्वास्थ्यकर्मीले बबितालाई ढाडस दिँदै आफूले सिकेको अनेक उपाय लगाएर रगत रोक्ने प्रयास गरिरहनुभएको थियो । भोलिपल्ट बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधि र सामान ल्याएर उपचार गरियो । बबिता जस्तै हरिपूर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि गत कात्तिक १२ गते सुत्केरी व्यथा लाग्यो । परिवारले तत्काल बर्थिङ सेन्टर पुर्‍य ाएको केही समयमै सामान्य हिसाबले बच्चा जन्मियो । तर,बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइन टेयरिङ भएर रक्तस्राव भयो ।

बर्थिङ सेन्टरमा सामान्य उपचारको सामानसमेत नभएपछि उहाँको परिवारले पनि हातमा औषधिको सूची लिएर रातभर हारगुहार गर्नुपर्‍य ो । तर, कुनै उपाय नलागेपछि बबिताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पीडा सहेर बस्नुपरेको थियो । सामान्य उपकरण र औषधि नहुँदा बर्थिङ सेन्टर आउने बबिता र रेजिना जस्ता आमा र नवजात शिशुको ज्यान जोखिममा रहेको छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानीदेखि सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जासम्म आफैँले किनेर ल्याउनुपर्ने बाध्यता रहेको रेजिनाका श्रीमान् अवधेशकुमार यादव बताउनुहुन्छ ।

सामान्य एउटा कोठालाई बीचमा बारेर दुई कोठा बनाएर बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । रातको समयमा बिजुली गएको समयमा मोबाइलको बत्ती बालेर सेवा दिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्य चौकीका प्रमुख उमेशकुमार यादव नगरपालिकाबाट आवश्यक बजेट विनियोजन नहुँदा सेवा प्रवाहमा समस्या रहेको बताउनुहुन्छ । स्वास्थ्य चौकीमासमेत सरकारले निर्णय गरेको निःशुल्क वितरण गर्नुपर्ने १०र१५ प्रकारको औषधि सधैं अभाव हुने गरेको उहाँको भनाइ छ ।

अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका बिमारी आउने गर्छन् तर आवश्यक औषधि नहुँदा बिमारी यसै फर्केर जाने गरेका छन् । एक गैरसरकारी संस्थाले केही उपकरण उपलब्ध गराएपछि पाँच वर्षअघि सुरु भएको बर्थिङ सेन्टरका अधिकांश उपकरण अहिले काम नलाग्ने भइसकेका छन् । नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने ९बेबी वार्मर०, पानी तताउने भाँडो काम नलाग्ने भएको छ ।

यता हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेको दाबी गर्नुहुन्छ । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निःशुल्क औषधि वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने बताउनुभयो । नगर अस्पताल सञ्चालनको तयारी गरिएको उहाँको भनाइ छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा
राष्ट्रिय

महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न सहयोग
राष्ट्रिय

उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न सहयोग

प्रकाशित : २०८१ मंसिर ६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद