Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

ओम्नी मोटर्स प्राईभेट लिमिटेडले भारतबेन्ज गाडीको मेगा सर्भिस क्याम्प सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ५,बुधबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,५ मंसीरः नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्राईभेट लिमिटेडले मेगा सर्भिस क्याम्प २०२४ बुधबारदेखि सुरु गरेको छ । देशभरी रहेका आफ्ना ग्राहकलाई सेवाको पहुचलाई अझ प्रभावकारी बनाउँदै मेगा सर्भिस क्याम्प २०२४ सुरु गरिएको कम्पनिका सेल्स म्यानेजर राम श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार यो क्याम्प मंसिर ५ देखि मंसिर १४ गते सम्म देशभरका वर्कशपहरूमा आयोजना गरिएको छ । देशभरमा रहेका वर्कशपहरुमा यो सर्भिस अन्तर्गत ग्राहकलाई विभिन्न प्रकारका सेवा र छुटका अफर प्रदान गरिने सेल्स म्यानेजर श्रेष्ठले बताए । यहि मेगा सर्भिस क्याम्पको मौका पारी २० थान २५२३ सि र १ थान ४०२३ सि टेलर बिक्रि गरीएको उनले बताए ।

ग्राहकको माग र आवश्यकता अनुसार, यस वर्षको मेगा सर्भिस क्याम्पमा स्पेयर पार्ट्समा ५०५ सम्म छुट, लुब्रिकेन्टमा ३०५ सम्म छुट र लेबर चार्जमा २०५ सम्म छुटको अफर ल्याएको कम्पनीका कस्टमर सर्भिस प्रमुख सुमन धमलाले जानकारी दिए ।

उनका अनुसार मेगा सर्भिस क्याम्प २०२४ को यो अभियानका माध्यमबाट, आफ्नो ग्राहकलाई थप सस्तो र प्रभावकारी सेवा प्रदान गर्न कम्पनिको दायित्व रहेको अवस्था छ ।

यस क्याम्पको मुख्य उद्देश्य भारतबेन्ज गाडीका मालिकहरूलाई उचित मर्मत र देखभाल सेवाहरू प्रदान गर्नु र गाडीको कार्यक्षमता र दीर्घायु सुनिश्चित गर्नु कम्पनिको उद्येश्य रहेको सेल्स हेड श्याम यादवले बताए ।

सन् २०१४ सालदेखि ओम्नी मोटर्स प्राईभेट लिमिटेडले नेपालमा भारतबेन्ज ब्रान्डको ट्रक र टिपरको बिक्री र सेवा प्रवद्र्धन गर्दै आएको यादवले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद