Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्लाहीमा केही सातादेखि भाइरल ज्वरोको प्रकोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
A A
file photo

file photo

2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, मङ्सिर ४ गते । सर्लाहीमा केही सातादेखि भाइरल ज्वरो र रुघाखोकीबाट प्रभावित हुनेको सङ्ख्या बढ्न थालेको छ । प्रत्येक जसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो छ । हरेक जसो घरमा भाइरल ज्वरोका बिरामी भेटिने गरेका छन् ।

लालबन्दी नगरपालिका–५, मेजरगन्जका चन्द्रमणि घिमिरेले गाउँका अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार र छठपछि प्रत्येक घरमा ज्वरोका बिरामी छन् र एकपछि अर्कोलाई ज्वरो सरिरहेको छ ।” भाइरल ज्वरोमा शरीर कटकट दुख्ने, असाध्यै कमजोर महसुस हुने र खाना नरुच्ने जस्ता समस्या देखिने घिमिरेले बताउनुभयो ।

कुनै कुनै परिवारमा सबै सदस्य बिरामी परेका छन् । घरमा एक सदस्य बिरामी भएपछि अर्कोमा पनि ज्वरो सरिहाल्ने गरेको नवलपुरस्थित एक क्लिनिकमा भेटिनुभएकी हरिपुर नगरपालिका–१, हजार बिघाकी गृहिणी अम्बिका रुम्बाले बताउनुभयो । यहाँका निजी स्वास्थ्य संस्थामा बिहान र बेलुकाको समयमा ज्वरोको उपचार गर्ने तथा सलाइन पानी चढाउनेको भिड देखिन्छ । कार्यालय समयभित्र खुल्ने सरकारी स्वास्थ्य चौकीमा पनि ज्वरोका बिरामीको चाप बढिरहेकै छ । गर्मी कम भई चिसो बढ्दै जाँदा भाइरल ज्वरो र मौसम परिवर्तनजन्य रोगका बिरामी बढेको सदरमुकाम मलङ्गवा निवासी डाक्टर गुनेश्वर झाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समयमा बर्सेनि भाइरल ज्वरोको प्रकोप देखा पर्छ ।” डाक्टर झाले चिकित्सकको सल्लाहबमोजिम केही दिन औषधी सेवन गरेपछि यो आफैँ ठिक हुन्छ, आत्तिनु नपर्ने पनि बताउनुभयो । उहाँ भाइरल ज्वरोले बिरामीलाई कमजोर पार्ने भएकाले झोलिलो र शरीरलाई शक्ति प्रदान गर्ने खानेकुरा बढी खान सुझाउनुहुन्छ । भाइरल ज्वरो सरुवा हुने भएकाले बिरामीसँग सुरक्षित भएर बस्न उहाँको आग्रह छ । सभार गोखापत्र अनलाईन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
राष्ट्रिय

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
सिरहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार
राष्ट्रिय

सिरहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार

प्रकाशित : २०८१ मंसिर ४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद