Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

३ किलो सुन हराएपछि भरियाको अपहरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ३,सोमबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको केरुङ नाकाबाट तस्करी भएर आएको ३ किलो सुन बाटोबाटै हराएपछि तस्कर समूहले भरियालाई अपहरण गरेको खुलेको छ ।

नाकाबाट सामान लिएर आउने कन्टेनरको लाइटमा लुकाएर ल्याएको सुन गायब भएपछि तस्कर समूहले भरिया एवं गाडीका चालक रामकृष्ण वाइबालाई अपहरण गरी बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाएको भेटिएको हो ।

बन्धक बनाएर कुटपिटपछि २० लाख रुपैयाँको चेक काट्न लगाएपछि वाइबा मुक्त भएका थिए । लगत्तै उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी अधिकृतलाई घटनाबारे बताएका थिए ।

उनले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा यो अपहरणको मामला सुन तस्करीसँग जोडिएको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले अनलाइनखबरलाई बताए । उनले भने, ‘म्यासेजका संवाद, बयान लगायतका आधारमा सुन हराएपछि अपहरण भएको देखिएको छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, सुन तस्करीमा संलग्न गिरोहले साउन अन्तिमतिर कन्टेनरको ड्राइभर सिटसँगै रहेको लाइटमा सुन जडान गरेर पठाएको थियो ।
प्रहरीका अनुसार अपहरणमा संलग्नको आरोपमा रसुवाको गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवाको धुन्चेका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवाको कालिका–१, राम्चेका ४८ वर्षीय गोपाल तामाङ पक्राउ परेका छन् ।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाएको छ ।

राजश्व अनुसन्धानको हिरासतमा बसेर छुटेका थिए भरिया

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, सुन तस्करीमा संलग्न गिरोहले साउन अन्तिमतिर कन्टेनरको ड्राइभर सिटसँगै रहेको लाइटमा सुन जडान गरेर पठाएको थियो । पहिलो दिन सवारी चालक रामकृष्ण रसुवा र नुवाकोटको आसपासमा आएर बसेका थिए ।

त्यसबेला उनले आफ्ना मामाका छोरा निमा छिरिङलाई सुन लिएर आउँदै गरेको भन्दै खबर गरेका थिए । प्रहरीसँग बयान दिने क्रममा उनले सुन लिएर जाँदा डर लागेका निमालाई खबर गरेको बताएका छन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, निमासँग सल्लाह भएपछि उनी सुन लिएर जाँदा जोखिम हुने बरु प्रहरीलाई खबर गरे सुराकीको कमिसन पाउने निष्कर्षमा पुगेका थिए ।

प्रहरीका अनुसार, त्यसपछि ती व्यक्तिले नेपाल प्रहरीको एक जना प्रहरी सहायक निरीक्षक ९असई० लाई यसबारे जानकारी गराएको पाइएको छ । ती असईले राजश्व अनुसन्धान विभागलाई खबर गर्न सुझाव दिएको पाइएको छ ।

‘योजनाअनुसार उनीहरुले राजश्व अनुसन्धान विभाग अन्तर्गत कार्यरत सशस्त्र प्रहरीको टोलीलाई सूचना दिएका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘विभागका डीएसपी सवारी चालकका आफन्त निमालाई लिएर काठमाडौंमा कुरेर बसेका थिए ।’

तर, वाइबाका अनुसार, धादिङको खानीखोलामा आइपुग्दा २ किलो सुन मोटरसाइकलमा आएका व्यक्तिहरुले लुटेर लगे । सुनबिनै आएपछि विभाग अन्तरगत कार्यरत सशस्त्र प्रहरी बलको टोलीले सवारी चालक वाइबा र उनका आफन्त निमालाई पनि नियन्त्रणमा लिएको पाइएको छ ।

उनीहरुले सुन बुझाउन लागेका दुई जनालाई पनि सशस्त्र प्रहरी बलले पक्राउ गरेको भेटिएको छ । सुन नभेटिएपछि ३१ दिन हिरासतमा उनीहरु छुटे । हिरासतमा भइञ्जेल केही समस्या भएन, तर छुटेलगत्तै बाइबा र निमा तस्कर समूहको निशानामा परे ।

सुन लिएर आउने र थाहा भएका व्यक्ति दुई जना मात्र भएकाले तस्करको समूहले सुन खोजी गर्ने सिलसिलामा उनीहरुलाई अपहरण गरेको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार, उनीहरुले पटकपटक बुढानीलकण्ठको रिसोर्टमा लगेर वाइबालाई यातना दिएको खुलेको छ । उनीसँगै सुन ओसारपसारमा संलग्न अन्य व्यक्तिलाई पनि त्यहाँ राखेर यातना दिएको पाइएको प्रहरी अधिकृतहरुको भनाइ छ ।

यो समुहका लागि सुन ओसारपसारमा सहयोग गर्ने थप ५ जनालाई पनि जबर्जस्ती २०र२० लाख रुपैयाँको चेक काट्न लगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।

प्रहरीका अनुसार, यो सुनका लगानीकर्ता चिनियाँ व्यक्ति भएको पाइएको छ । उनीहरुले भरिया समूहका एक सदस्यलाई केरुङमै बन्धक बनाएर अरुलाई सुन खोज्न पठाएको समेत अनुसन्धानका क्रममा खुलेको छ ।

असईमाथि छानबिन, ‘डबलक्रस’को शंका

सुनबारे सूचना पाउँदा नेपाल प्रहरीलाई खबर नगरी राजश्व अनुसन्धान विभागतिर पठाउने असईमाथि समेत छानबिन सुरु भएको छ । प्रहरी स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयले समिति नै बनाएर ती असईमाथि जाँच गरिरहेको छ ।

अपहरणमा परेका भरिया वाइबाका अनुसार, खानीखोलामा आएका हतियारसहितका अज्ञात व्यक्तिले उनलाई धम्क्याएर सिधै सुन भएको भन्दै दिन भनेका थिए । ‘मैले आफूसँग सुन नभएको बताएको थिएँ, त्यसक्रममा उनीहरुले यहाँ छ भन्दै आफैं लाइटबाट निकालेका थिए’, उनको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, सुन कहाँ लुकाएको छ भन्ने लुट्ने समूहलाई थाहा भएकाले प्रहरी र तस्कर समूहबीच कसैले ‘डबल–क्रस’ गरेको हुनसक्ने शंका छ ।

प्रहरीलाई सूचना पनि दिनेसँगै अर्को समूह प्रयोग गरेर लुटपाट गरेको पनि हुनसक्ने आशंका छ । यद्यपि, हालसम्मको अनुसन्धानले त्यस्तो देखाइसकेको छैन ।

सुन तस्करीका विगतमा भएका कतिपय घटनामा पनि आरोपीले तस्कर र प्रहरी दुवैतिर साँठगाँठ गरेको उदाहरणहरु छन् । सूचना दिने असईले पनि चालक वाइबालाई पटकपटक फोन गरेर कहाँ आइपुगेको भनेर सोधेको विषयलाई पनि अधिकृतहरुले शंकास्पद मानेका छन् ।

दुबईबाट आएको ३३ किलो सुन हराएपछि २०७४ सालमा भरिया सनम शाक्य मारिएका थिए । सुनबारे सूचना निकाल्न मोरङका चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले सनमलाई चरम यातना दिएको थियो ।

त्यसक्रममा उनी मारिएपछि प्रहरीसम्म खबर पुगेको थियो । पछि यो मामिलामा उच्चस्तरीय छानबिन समिति समेत गठन भयो र एउटै समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको भेटिएको थियो ।

यो प्रकरणको उच्चस्तरीय अनुसन्धानपछि विमानस्थलमा तस्करहरुको एउटा सेटिङ ध्वस्त भएको थियो । त्यसपछि रसुवा नाकाबाट तस्करीको सुन ल्याउने क्रम बढेको छ । सभार अनलाईन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ मंसिर ३,सोमबार
वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी
मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

प्रकाशित : २०८१ मंसिर ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद