Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुल नबनेपछि वैकल्पिक बाटो निर्माण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २८,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, कात्तिक २७ गते । १४ वर्ष बितिसक्दा पनि रौतहटको टिकुलियास्थित पक्की पुल निर्माण सम्पन्न नभएपछि हाल इशनाथ नगरपालिकाले नदी आरपार गर्न वैकल्पिक बाटो निर्माण गरेको छ ।

रौतहटको सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैयाको पुल निर्माणमा भएको ढिलासुस्तीले सास्ती खेपिरहेका उक्त भेगका बासिन्दालाई आउजाउमा सहज होस् भन्नका लागि उक्त पालिकाले लालबकैया नदीमा ह्युम पाइप राखी वैकल्पिक बाटो निर्माण गरेको हो ।

वर्षातको समयमा बाढी आउँदा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने उक्त नदीमा हाल पानी कम भएपछि पालिकाले वैकल्पिक बाटो निर्माण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताउनुभयो । उहाँका अनुसार वैकल्पिक बाटोले सदरमुकाम पुग्न २०÷२२ किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्ने अवस्था टरेको छ ।

विशेष कामले सदरमुकाम गौर आउन र गौरदेखि लालबकैया पारीको गाउँ जान पर्दा ह्युम पाइपको बाटोले निकै सहज बनाएको बन्जराहाकी किसान जयन्ती मालाले बताउनुभयो । विगतमा सोही स्थानमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “डुङ्गा चढ्दा डर लाग्थ्यो अहिले स्थायी बाटो बनेपछि निर्धक्क भई आवतजावत गरिन्छ ।”

रौतहट तराईको सुगम जिल्ला भ एपनि समयमा पक्की पुल निर्माण सम्पन्न नहुँदा लालबकैया पारीका बन्जराहा, औरैया, मठियालगायत इशनाथ नगरपालिकाका नागरिक वर्षायाममा जिल्ला सदरमुकाम आउजाउ गर्न तथा सदरमुकाम घर भई बकैया पारी खेतबारी भएका किसान आउजाउ गर्न जोखिमपूर्ण डुङ्गायात्रा गर्नुपर्ने बाध्यता अझै छ । उक्त समस्या दीर्घकालीनरुपमा अन्त्य गर्न २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले टिकुलिया घाटमा पुलको शिल्यान्यास गर्नु भएको थियो ।

पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले करिब १४ करोड ९२ लाख २७ हजार १५० रुपियाँमा ठेक्का सकार गरेको थियो । २०७४ असार २५ गतेभित्र निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गर्नुपर्नेमा एक दशक बितिसक्दा पनि सम्पन्न नभएपछि कालो सूचीमा परेको उक्त कन्स्ट्रक्सन निलम्बित भयो र ठेक्का तोडियो ।

तत्पश्चात् आजाद दिपु जेभीले २७ करोड रुपियाँमा ठेक्का सकार गरेर निर्माण सुरु गरेको उक्त पुलको भुक्तानीमा भएको ढिलासुस्तीले पुल निर्माण कार्य अघि बढ्न नसकेको डिभिजन सडक कार्यालय रौतहटका इन्जिनियर अशोक यादवले बताउनुभयो । उहाँका अुनसार बजेट व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयमा फाइल पेस भएको छ तर कार्यान्वयन हुन सकेको छैन । पुल निर्माणको काम हालसम्म करिब ५० प्रतिशत भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ता भन्नुहुन्छ, “पुल निर्माणमा भएको ढिलासुस्तीले वर्षायाममा यहाँका नागरिक जोखिमपूर्ण डुङ्गा यात्रा गर्न बाध्य छन् । जीर्ण डुङ्गा सञ्चालनले दुर्घटना हुने सम्भावना अधिक छ । हाल बनेको बैकल्पिक बाटोले आवतजावतमा निकै सहज बनाएको छ । समयमा पक्की पुल निर्माण सम्पन्न नहुँदा २०७५ साल भदौ ९ गते सोही स्थानमा भएको डुङ्गा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।” सभार गोरखापत्र अनलाइनमा यादवराज पुरी लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८१ कार्तिक २८,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८१ कार्तिक २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद