Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामाजिक सञ्जालको प्रयोगमा तथ्यपूर्ण र विश्वसनीय बनाउन प्रेस काउन्सिलको विशेष अपिल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २८,बुधबार
A A
file photo

file photo

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चारमाध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल, युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन अपिल गरेको छ ।

सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट राख्न र तथ्यपूर्ण समाचार प्रवाह गर्न आग्रह गरेको हो ।

सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न कामसमेत गर्दै आएको काउन्सिलले जनाएको छ । युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जाल पेजको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारमाध्यमसँग आबद्ध भएका सामाजिक सञ्जाल ९युट्युब च्यानल एवम् फेसबुक पेज०बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट कैफियत देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही हुने गरेको काउन्सिलले जनाएको छ ।

यस्तै, अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट÷अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी ९साइबर ब्युरो०मा पत्राचार गर्ने गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । “पछिल्लो समय कतिपय सामाजिक सञ्जाल ९युट्युब÷फेसबुक पेज०बाट प्रचलित कानुनअनुसार दर्ता भई स्थापित सञ्चारमाध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।

सञ्चारमाध्यमको विश्वास नगर्न, सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति हाम्रो ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ,“मिडियाको आवरणमा रहेका पेज, ग्रुपलगायतमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोप लगाई गलत सूचना प्रकाशनरप्रसारण गर्ने गरेको भनी गुनासा प्राप्त भइरहेको जनाइएको छ । त्यस्ता गतिविधिलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ ।” रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक २८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक २८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद