Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

भगौडा असई मियाँको असुली आतँक, व्यापरीदेखि तस्करसम्मलाई ब्लेकमेल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज , २६ कात्तिक । पर्सा जिल्लाको ग्रामीण भेगको नेपाल भारत सीमा क्षेत्रमा नक्कली पत्रकारको आडमा एकजना भगौडा प्रहरीको आतँक बढेको छ । विगतमा प्रहरी सेवामा रहेर काम गरेका पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका – ५ भिस्वा घर भाई हाल वीरगंज महानगरपालिका(१६ इनर्वा बस्दै आएका पूर्व प्रहरी सहायक निरीक्षक मुरतुजा मियाँ तेलीले अहिले नक्कली पत्रकारको कार्ड बोकेर सीमा क्षेत्रमा आतँक नै मच्चाएका छन् ।

मियाँले पत्रकारको नक्क्ली परिचय पत्र बनाएर तस्करदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट इन्चार्जहरुसँग ‘पत्रकार हँु’ भन्दै धाक धम्की लगाउँदै असुली गर्ने गरेका छन् । मियाँको असुली धन्दाको मुख्य केन्द्रबिन्दु भने व्यापारी, तस्कर तथा प्रहरी प्रशासन हो । प्रहरी संगठनको अनुशासन र कारवाही हुने तरिकाबारे स्पष्ट बुझेका तेलीले सिपाहीदेखि अधिकृतसम्मका प्रहरीलाई ‘ब्लैकमेल’ गरी रकम असुली गर्ने गरेका छन् । पुर्व असई मुरतुजा मियाँ तेली पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिस्वा घर भई हाल वीरगंजको इनर्वा गाउँमा बसोबास गर्दै आएका छन् ।

तेली नेपाल प्रहरीका जवानमा सेवा प्रवेश गरि प्रहरी सहायक निरीक्षकसम्म तराईकै जिल्लाहरुमा घुमुवा बसेर असुली गर्न माहिर भएका हुन् । त्यही असुलीबाट उनी वीरग्ंजको इनर्वा गाउँमा घर, घडेरी, गाडी जस्ता अकुत सम्पत्ति आर्जन गरेका छन् । तेली प्रहरी सेवामा हुँदा सिपाहीदेखि असईसम्म तराईकै जिल्लाहरुमा बसी घुसखोरीको आतँक मच्चाएको बारे नेपाल प्रहरीको केन्द्रिय कार्यालयसम्म सूचना पुगेपछि उनलाई पहाडी क्षेत्रको अति विकट ठाउँमा सरुवा गरिएको थियो । तर उनको त्यहाँ असुलीको कुनै बुद्धि नलागेपछि तथा विभागले उनको गतिविधिमाथि निगरानी बढाएपछि मियाँ राजिनामा दिए, र हाल नक्क्ली पत्रकार बनेर नेपाल भारत सीमा क्षेत्रमा असुली आतँक नै मच्चाएका छन् ।

मियाँको कार्यशैलीबाट व्यापारी, तस्कर, प्रहरी प्रशासन मात्र होइन, त्यस क्षेत्रमा सानातिना पसल थापेका सर्वसाधारण पनि पीडित छन् । उनी चिया पसलबाट पनि असुल्न छाडेका छैनन् । पुर्ब असई मियाले भिस्वाको पसल साहुहरुसँग समान माग्ने, नदिए थर्काउनेदेखि फेसबुकमा फोटो हालेर चरित्र हत्या गर्नेसम्म काम गर्ने गरेका छन् । उनको सामाजिक सञ्जाल फेसबुकलाई हेर्ने हो भने समाचार भन्दा पनि विभिन्न व्यक्तिको चरित्र हत्या गरिएको स्टाट्स सजिलै देख्न सकिन्छ ।

सीमा क्षेत्रका व्यापारीदेखि पसल संचालकहरुबाट २ देखि ५ सय रुपैयाँ असुल्न पल्केका मियाँ छिपहरमाई – ५ भिस्वा निवासी जगदीश साह कानुसँग २५ हजार रुपैयाँ माग गरेका थिए । हिन्दुहरुको महान पर्व वडा दशैं, दिपावली तथा छठ पवको बखत तस्करीको काम गर्दै नगरेका व्यक्तिलाई तस्करी गराएको भनेर जबरजस्ती पैसा माग्न खोजेपछि साहले प्रतिकार गर्दा दुबैजना बीच भनाभन भएको थियो । तर त्यसैलाई निहुँ बनाई मियाँले पूर्व प्रहरी र पत्रकारको धाक लगाउँदै अनावश्यक दुःख दिने काम गरि रहेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भनेर आफैलाई पत्रकार भनेर जबरजस्ती प्रचार गरि रहेका छन् ।

जबरजस्ती पैसा लिन खोज्ने, नदिएपछि सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने जस्ता उनको दैनिकी कार्य हो । आफूलाई पत्रकार भन्दै हिँड्ने मियाँलाई पत्रकारको ‘प’ समेत लेख्न आउँदैन । काठमाडौंबाट संचालन हुने अनलाइनमा फोन मार्फत केही सूचना दिएर त्यहाँ लेखिएको समाचार आफै कपी पेष्ट गरि आफ्नो सामाजिक सञ्जालमा पोष्ट्याउने काम गर्दै आएका छन् र आफैलाई पत्रकार भन्ने गरेका छन् । सभार विरगंज टाइम्सबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८१ कार्तिक २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद