Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये २९ प्रतिशतको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, । जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमितमध्ये करिब २९ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाको तथ्याङ्क अनुसार ३० जिल्लाबाट ८० जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएका मध्ये २८।७५ प्रतिशत अर्थात् २३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली चार जनाको मृत्यु भएको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई÷दुई जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी, रुपन्देही, पाल्पा, चितवन, काठमाडौँ, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक÷एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये अधिकांश १५ वर्ष मुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ । मृत्यु भएकामध्ये यो विरुद्धको खोप नलगाउका,ज्येष्ठ नागरिक तथा दीर्घरोगी भएको महाशाखाले जनाएको छ ।

खोपले नियन्त्रण गरेको जापनिज इन्सेफलाइटिस बढ्नु चिन्ताको विषय भएको सरुवारोग विशेषज्ञ डा।शेरबहादुर पुन बताउनुहुन्छ ।

महाशाखाका अनुसार सन् २०२३ मा १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा ६६,सन् २०२१ २८ जना र सन् २०२० मा २२ जनामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको थियो । नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् ।

जापानीज इन्सेफलाइटिस कस्तो रोग हो रु

सरुवारोग विशेषज्ञ डा पुनका अनुसार जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

यो रोग जुन सुकै उमेरका मानिसाई लाग्न सक्छ, तर १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने डा।पुन बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जापानीज इन्सेफलाइटिसस लामाखुट्टेको टोइबाट हुने गम्भीर प्रकारको सङ्क्रामक रोग हो । यो रोगले स्नायुमा असर पुर्‍याइ जीवभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गर्छ ।”

सङ्क्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित भई सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्ने डा। पुन बताउनुहुन्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण

डा। पुनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुनेक, कमपन हुन, पक्षाघात हुने यसको प्रमुख लक्षण हुन । रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने डा।पुनको भनाइ छ ।

बच्ने उपाय

चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न झुल भित्र मात्र सुत्न उहाँको अनुरोध छ ।

हाँस, कुखुरा, सुँगुर, बङ्गुर, जस्ता घरपालुवा चरा चुरुङ्गी तथा जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित रहन उहाँको सुझाव छ ।

उहाँले घर बाहिर निस्कँदा, खेत बारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन डा।पुनले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यो रोगबाट बच्न घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पूरी दिने, लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ ।”

सरकारले राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिना पुगेका बालबालिकालाई जेई विरुद्धको खोप निःशुल्क लगाउँदै आएको छ । खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन डा। पुनको आग्रह छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक २५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद