Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

माटोको भाडा वर्तनले तराई मधेशका हाट बजारहरू सजिए

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ९,शुक्रबार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम। दीपावली तथा छठ पर्वमा अत्यधिक मात्रामा प्रयोग हुने माटोको भाडा वर्तनले अहिले मधेश प्रदेशको राजधानी जनकपुरधाम सहित तराई मधेशका हाट बजारहरू सजिएको छ ।

कुम्हाल जातिले उत्पादन गरेको माटोको भाडा वर्तन बिक्रीका लागि बजारहरू भाडा वर्तन सजिए पनि यसको बिक्री वितरण विगतका वर्ष जस्तो नभएका कारणले पुस्तैनी देखि यसको उत्पादन तथा बजारीकरणमा संलग्न रहेका कुमाल जातिका व्यवसायीहरू निराश बन्न थालेका छन् ।

कोरोना महामारी हुँदै, भूकम्प तथा यस वर्षको बाढी तथा पहिरोका कारणले मुलुकमा ठूलो धनजनको क्षति भएपछि यसको प्रत्यक्ष प्रभाव कुम्हाल जातिको पेशा तथा व्यवसायमा परेको छ । पुस्तैनी देखि माटाका भाडा वर्तनको उत्पादन गर्दै आउनु भएका जनकपुरधामको वडा नंं २४ रामखेलावन पण्डितले माटाको भाडा वर्तनको उत्पादन लागतमा वृद्धि भएपनि बजार नपाउँदा निक्कै समस्यामा परेको जानकारी दिनु भएको हो ।

यस जातिका व्यक्तिहरूले माटोको भाडा वर्तन बनाउनका लागि चक्काको प्रयोग गरेर त्यस माथिनै तयार पारेको माटोको भाडा वर्तन सूर्यको प्रकारमा सुकाएर पकाउँदा लागत निक्कै पर्ने भएपनि अहिले आर्थिक मन्दिरका कारणले उत्पादन लागत उठाउन धौ धौ परिरहेको पण्डितले बताउनुभयो ।

माटोको भाडा वर्तनको गढाई गरेपछि त्यसलाई आगोमा पकाउनका लागि दाउरा, गुइठा , पराल तथा खरको प्रयोग गर्नु पर्ने हुन्छ यसको मूल्य अहिले बढेका कारणले उत्पादन लागत बढेपनि ग्राहकले दीपावलीमा बाल्ने दियोको मूल्य सयकडाको दुई सय दिनपनि आनाकानी गर्ने गरेको महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नंं २ का रामसोगारथ पण्डितले बताउनु भयो ।

अहिले माटोको भाडा वर्तनको विकल्पमा पित्तल तथा तामाको दियोका साथै झिलिमिली बिजुली बत्ती आएका कारणले आफूहरूको बिक्रीमा ५० प्रतिशतले नै गिरावट आएका छन् । दिवावली तथा छठमा माटोको दियो र भाडा वर्तन पवित्र तथा शुद्ध मानिने भएपनि अहिले विकल्पमा पित्तल एवं तामाको वर्तन प्रयोग बढेपछि समुदायमा पेशाप्रति निराशा बढेको छ । ।

मधेश प्रदेशका जिल्लाहरुमा प्रत्येक वर्ष धुमधामका साथ दीपावली तथा छठ पर्व हुने गरेको छ । यसमा अत्यधिक मात्रामा माटोको भाडा वर्तनका साथै दियोको प्रयोग हुने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद