Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कार्तिक ९ गते शुक्रबार वीरगन्जमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना हुदैं

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

प्याब्सन पर्साले बुधबार वीरगञ्जको आदर्शनगर स्थित लिटिल एञ्जल स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्तिक ९ गते शुक्रबार वीरगन्जको नगरसभागृहमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।

प्याब्सन जिल्ला अध्यक्ष पूरन प्रधान र वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो ।

प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगिता आयोजनामा ३ लाख १५ हजार रुपैंया खर्च हुने अनुमान पनि गरिएको प्रवक्ता संगौलाले बताउनुभयो ।

मधेसका लोकसंस्कृति,पहिरन र बाजगाजाको जगेर्ना र संरक्षण गर्दै सबै जातजातिबिचको सदभावलाई अझ मजबुत बनमउनुका साथै यसबारे बालबालिकालाईपनि जानकारी गराउने उदेश्यले लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चौरसियाले पत्रकार सम्मेलनमा बताए ।

आधुनिक समाजमा पश्चिमा संस्कृतिप्रति युवाहरुको आकर्षण बढीरहेको र नेपाली लोकसंगीतप्रति युवाहरुको रुची घट्दै गईरहेको अवस्थामा यसलाई जोगाउनका लागि प्याब्सन पर्साले अन्तर विद्यालय नृत्य प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
प्रतियोगिताको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा प्याब्सन पर्साका बरिष्ठ उपाध्क्ष सरोज चौधरी, उपाध्यक्ष शिवजी गुप्ता, कोषाध्यक्ष रामकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८१ कार्तिक ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद