Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

देशकै प्रमुख भन्सारबाट ३ महिनामा ३९ अर्ब ७ करोड बढी राजश्व असुली

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
A A
file photo

file photo

3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालय अर्थात् एकिकृत भन्सार जाँच चौकी आईसिपीले चालु आर्थिक बर्ष २०८१र०८२ को ३ महिनामा ३९ अर्ब ७ करोड ३९ लाख ५० हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन, भदौ, असोजका लागि ५२ अर्ब ९९ करोड ६३ लाख १० हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयात चाडबाडमा समेत लक्ष्य अनुरुप आयात हुन नसकेपछि चालु आर्थिक वर्षको ३ महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो ।

आईसिपी वीरगन्जले तोकिएको लक्ष्यभन्दा झण्डै २६ प्रतिशत कम राजस्व असुली गरेको छ । अर्थ मन्त्रालयले तोकेको लक्ष्यभन्दा ३ महिनामा १३ अर्ब ९२ करोड २३ लाख ७० हजार कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ १४ अर्ब ६९ करोड ४८ लाख ७८ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ १५ अर्ब ७२ करोड १६ लाख ५२ हजार राजस्व असुली भएको छ ।

त्यसैगरी अन्तःशुल्कतर्फ ३ अर्ब २३ करोड १९ लाख २३ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । त्यसैगरी अग्रिम आयकर तर्फ १९ करोड, ७ लाख ४२ हजार राजस्व असुली भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ३ अर्ब १ करोड ५२ लाख १४ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ २८ करोड ६४ लाख ९२ हजार असुली गरेको छ । त्यसैगरी वीरगञ्ज भन्सारले सडक मर्मत तथा सुधार दस्तुरतर्फ ८२ करोड १६ लाख १७ हजार राजस्व असुली गरेको छ । यसैगरी सडक निर्माण तथा सम्भार दस्तुरमा ७४ करोड ४८ लाख ५८ हजार राजस्व असुल गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले भन्सार सम्बन्धि अन्य आयबाट २ करोड २१ लाख ४५ हजार, विलासिता शुल्कबाट १९ लाख ९६ हजार र हरित करबाट ३२ करोड ८५ लाख ७० हजार राजश्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ कार्तिक ५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद