Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मन्त्री यादवको पहल पश्चात् दक्षिणकालीले पठायो ललितपुरमा पानी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन १९,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ असोज । खानेपानी मन्त्री प्रदीप यादवको विशेष आग्रहपछि दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको मुहानबाट ललितपुरका नागरिकहरूको लागि पानी आपूर्ति गरेको छ ।

मन्त्री यादवले शनिवार दक्षिणकालीका जनप्रतिनिधि र स्थानीय नागरिकहरूसँगको बैठकमा ललितपुरमा खानेपानी अभावलाई मध्यनजर गर्दै पानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । यसपछि दक्षिणकाली नगरपालिकाले आफ्नो कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को भैँसेपाटी ट्याङ्कीमा पानी पठाएको हो ।

केयुकेएल भैँसेपाटीका कार्यकारी निर्देशक अशोक पौडेलले मन्त्री यादवको दिनभरको प्रयासपछि भैँसेपाटी ट्याङ्कीमा पानी झर्न थालेको र अब चाँडै ललितपुरका बासिन्दालाई पानी वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँले यस पहलले दसैँको समयमा ललितपुरमा खानेपानीको सङ्कटलाई केही हदसम्म कम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी मन्त्रालयकी सचिव प्रमिल देवी शाक्य बज्राचार्यले दक्षिणकाली नगरपालिकाले तत्काल दसैँसम्मका लागि पानी आपूर्ति गर्ने बताउँदै दसैँपछि ललितपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका, र केयुकेएलबीच बैठक बसेर दीर्घकालीन समाधानका लागि आवश्यक लागत अनुमान तयार पारिने र आवश्यक कार्यहरू अघि बढाइने जानकारी दिनुभयो । पानी आपूर्तिको दीर्घकालीन व्यवस्थापनको लागि सम्झौता पत्र तयार गरी हस्ताक्षर गरिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले आज दक्षिणकालीमा स्थलगत निरीक्षण गर्दै बाढी पहिरोका कारण उत्पन्न समस्याहरूको बारेमा चासो व्यक्त गर्नुभएको थियो । उहाँले दक्षिणकालीका जनप्रतिनिधिहरूसँगको संवादमा दक्षिणकालीका बाढी प्रभावित नागरिकहरूको समस्या आफूले राज्यको प्रतिनिधिका रूपमा गम्भीरतापूर्वक लिएको र समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

खानेपानीका संरचनाहरूमा बाढी पहिरोले पुर्‍याएको क्षतिको मर्मत र पुनर्निर्माणका लागि उहाँले मातहतका निकायहरूलाई तत्कालै काम सुरु गर्न निर्देशन दिइसकेको जानकारी गराउनुहुँदै, बाढीले प्रभावित स्रोतहरूको मर्मत कार्य चाँडै नै सम्पन्न हुनेमा विश्वास दिलाउनुभयो ।

मन्त्री यादवले बाढी र पहिरोले पुर्‍याएको क्षति र समस्याहरू समाधान गर्न स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले दक्षिणकाली नगरपालिकासँग सहकार्य गरी स्थानीय जनताका लागि खानेपानी समस्या समाधानमा ध्यान दिने उल्लेख गर्नुभयो । साथै, स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि योजना तयार गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री यादव शनिवार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर त्यहाँ बाढीले पुर्‍याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कार्यको प्रगतिको विषयमा जानकारी पनि लिनुभएको थियो । सोही क्रममा मन्त्री यादवले क्षतिका कारण ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउनुहुँदै मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवले केही पूर्व कर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउनुहुँदै, समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । 

यादवले सुन्दरीघाट पानी प्रशोधन केन्द्र, सातमूल मुहान, फर्पिङ हेड पंड(जलविद्युत जलाशयको पेनस्टक पाइप, कुटुरी मुल र फर्पिङ पम्प हाउसमा पुगेको क्षतिको समीक्षा गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग पनि छलफल पनि गर्नुभएको उहाँ प्रेस सल्लाहकार आशुकुमार सर्राफले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ आश्विन १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद