Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गौतम स्कूलको शिक्षकले पिट्दा १२ वर्षिय बालकको कानको जाली फुटे

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ आश्विन ५,शनिबार
A A
13
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०५असोजःवीरगन्जको गौतम स्कुलमा अध्ययनरत एक बालकलाई शिक्षकले पिट्दा उनको कानको जाली फुटेको घटना प्रकाशमा आएको छ ।

गौतम स्कूलको कक्षा ६ मा अध्ययनरत १२ वर्षिय बालक आर्जन राउत कुर्मीलाई गत बुधबार कक्षाकोठामै शिक्षिका निधी गुप्ताले कपीको पाना च्यातिएको निहुमा पिट्दा आर्जनको देब्रे कानको जाली फुटेको हो । शिक्षिका गुप्ताले गालामा जोडले तीन थप्पड हिर्काउदाँ देब्रे कानको जाली फुटेर रगत बगेको आर्जनका बुबा रामबाबु राउत कुर्मीले बताए ।

वीरगन्ज महानगरपालिका वडाा नम्बर १५ लक्ष्मणको नयाँ टोलका बासिन्दा रामबाबुका अनुसार, बुधबार शिक्षिकको कुटाइबाट घाइते भएका आर्जनले घरमा आएर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनलाई त्यहि दिन आर्जनलाई आँफुले नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएको बुबा रामबाबुले जानकारी दिए । त्यसपछि शुक्रबारफेरि थप उपचारका लागि वीरगन्जकै डाक्टर बिके झाको क्लीनकमा लग्दा डाक्टर झालेपनि आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले बताए ।

उनले भने,‘घटना भएको दिन बुधबार मेडिकल कलेजमा लगेर उपचार गराए। त्यहाँको डाक्टरले कानको जाली फुटेको भनेर भने । स्कुललाई त्यसमा विश्वास नभएपछि शुक्रबार फेरि डाक्टर बिके झाको क्लीनिकमा स्कुलकै शिक्षक र कर्मचारीहरुले लगेर देखाए । डाक्टर झालेपनि परक्षिण गर्दा कानको जाली फुटेको भने।’ मेडिकल कलेजमा लागेको उपचार खर्च १ हजार ४ सय ३४ रुपैयाँ स्कुल व्यवस्थापनले नै तिरेको उनले बताए ।

तर डाक्टरले जाली फुटेको कान निको हुन कम्तिमापनि तीन चार महिना लाग्ने भनेकाले अब यसपछि लाग्ने उपचार खर्च स्कुलले व्यहोर्न आलटाल गरेको बुबा रामबाबु कुर्मीले बतााए ।

छोरा आर्जनलाई पिट्ने शिक्षिकालाई कारबाही हुनु पर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन हालेकोपनि उनले जानकारी दिए । अब आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामापनि उजुरी दिने उनले बताए ।

स्कुल व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएकोपनि उनले बताए । उनले भने,‘ घटना भएकै दिन स्कुलबाट मलाई कुनै जानकारी दिइएन ।त्यसदिन छोराको कानबाट रगत बगेपछि स्कुलमै त्यहाका कर्मचारीले कानमा ड्रप हालेर घटना सामसुम पार्न खोजिएको रहेछ । तर घर आएपछि छोराले सबै कुरा बताएपछि मात्रै मैले थाहा पाए ।त्यसपछि म आँफैले स्कुलमा शिक्षिका गुप्तालाई फोन गरेर जानकारी लिए।’

उनले थपे,‘मेरो माग भनेको पहिलो छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही होस् । दोस्रो छोराको कान पूर्ण रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरि अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिओस् ।’

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघलेपनि आइतबार वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए ।

स्कुलका सञ्चालक सोनाम लामाले भने अभिभावकको शर्त मान्न स्कुल व्यवस्थापन तयार रहेको बताए ।उनले भने,‘उपचारमा लाग्ने उपचारको व्यवस्थापन र त्यसमा लाग्ने खर्च स्कुलले व्यवहोर्न तयार छ । यदि अभिभावकले लिखित रुपमै कागज गर्नुपर्छ भन्नुहुन्छ भने हामी त्योपनि गर्न तयार छौं । तर यो अभिभाकव र स्कूलबिचको आपसी कुरा भएकाले यसमा अभिभावक संघ वा अरु कुनै समुहको हस्तक्षेप हामीलाई स्वीकार्य हुदैन।’

उनले अभिभावकले चाहेमा घाइते बालक आर्जनलाई थप उपचारको आवश्यकता परेमा काठमाडौं लगेरपनि उपचार गराउन आँफु तयार रहेको बताए । लामाले घटनामा संलग्न शिक्षीकाले नैतिक जिम्मेवारी लिएर आँफै राजिनामा दिएर गइसकेकोपनि बताए । साथै घटना भएको दिन स्कुलमै प्राथमिक उपचार दिने स्कुलमा कार्यरत महिला स्वास्थ्यकर्मीलेपनि राजिनामा दिएको लामाले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८१ आश्विन ५,शनिबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८१ आश्विन ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद