Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दमकमा भएको गौहत्याका चार अभियुक्त पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २३,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

झापा – झापाको दमकमा भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन्। पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं। २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं। २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन्।

उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं। ३ छाप्रो नम्बर ए३ –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन्। उनी पनि यसअघि बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ती करणी मुद्दा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपन्छीसम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए।

त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं। ३ छाप्रो नम्बर ए२ – १२० बस्ने बस्ने ३२ वर्षीय बिधान थापा पक्राउ परेका छन्। उनी पनि यसअघि बिभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भइ कारबाहीमा परेका थिए।

त्यस्तै सोही घटनामा संलग्न भएको आरोपमा दमक नगरपालिका वडा नं। ४ बस्ने ४५ वर्षीया गीता श्रेष्ठ पनि पक्राउ परेकी छन्।

भदौ १८ गते राति दमक नगरपालिका वडा नं। २ बस्ने लक्ष्मण बिष्टको वडा नं। १ स्थित पानीट्याङकी नजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भिणी गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरूले काटेका थिए।

टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए। घटनापश्चात् फरार रहेका उनीहरुको खोजतलास गर्नेक्रममा मानिससहित विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

उनले घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरुको कोठाबाट भदौ २१ गते बरामद भएको जानकारी दिए। उनीहरूमथि पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा चलाउने जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ भाद्र २३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ भाद्र २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद