Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

प्रेमसम्बन्ध थियो कारण – सुन्दरीजल महिला हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २३,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा बिहीबार ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा महिलाको शव भेटियो। महिलाको शव गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा भेटिएको हो।

शव भेटिएपछि हत्या भएको आशंकमा प्रहरीले अनुसन्धान अगाडि बढायो। मृतक महिलाका आफन्तहरु पनि सम्पर्कमा नआएपछि प्रहरीले प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान अगाडि बढायो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अनुसन्धानका क्रममा अहिलेसम्म २ जना पक्राउ परेका छन्। मृतक महिलाको परिचय पनि उनीहरु पक्राउ परेपछि खुलेको हो।

उनी सिरहाकी राम दुलारी भएको भन्ने बुझिएको छ। पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा छन्। उनीहरुलाई शनिबार बसुन्धरा क्षेत्रबाट पक्राउ गरिएको हो।

परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्याको पछाडि प्रेम सम्बन्ध कारण रहेको बुझिएको छ।

४० वर्षीया रामविनय र मृतक राम दुलारीबिच २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। राम दुलारीले मजदुरी गर्थिन भने रामविनय जुत्ता सिलाउने गर्थे।

राम दुलारी पर पुरुषसँग लोगेको रामविनयले थाहा पाएपछि हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ भाद्र २३,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ भाद्र २३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद