Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एलएस न्यूरो अस्पतालमा कार्यरत डाक्टर अन्सारी ठगी मुद्दामा पक्राउ’ भन्ने शिर्षक प्रति हस्पिटलको ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र ६,बिहीबार
A A
9
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज , ७ भदौ । वीरगंजबाट संचालित केही अनलाइनहरुमा ‘बारास्थित एलएस न्यूरो अस्पतालमा कार्यरत डाक्टर अन्सारी ठगी मुद्दामा पक्राउ’ भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटलको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल प्रशासनले बुधबार विज्ञप्ति जारी गरि प्रकाशित समाचारमा ठगी मुद्दामा न्यूरो अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अमिर हुसेनलाई पक्राउ गरिएको भनिएकोप्रति अस्पतालको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

डा. अमिर हुसेनलाई उनले गरेको व्यक्तिगत कामको कारण प्रहरीले अनुसन्धानको लागि हाजिर गराएकोमा यस अस्पतालबारे भ्रम फैलाउने एवं चरित्र हत्या गर्ने उद्देश्यले बद्नियतपूर्वक केही सञ्चार माध्यमहरुले यस सँस्थाको नाम जोडेर समाचार प्रकाशन गरेको अस्पतालको ठहर छ । डा. हुसेन न्यूरो अस्पतालमा ओभरटाईम ड्युटी गर्ने गरेको र वीरगंज स्थित अन्य अस्पतालमा पनि काम गर्ने गरेको अवस्थामा स्वार्थ सिद्ध गर्ने उद्देश्यले केही सञ्चार माध्यमले अस्पतालको नामलाई जोडेर बद्नाम गर्न खोजेको अस्पतालको ठहर छ ।

डा. हुसेनले कसलाई, कहाँ ठगी गरेको र कुन व्यक्तिले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको भन्नेबारे अस्पतालको चासो एवं खोजविनको विषय समेत नरहेकोले उनले गरेको व्यक्तिगत कामको अनुसन्धानको लागि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर गराएकोमा अस्पताललाई बद्नाम गर्न एवं चरित्र हत्या गर्न उद्देश्यले केही सञ्चार माध्यमले ‘न्यूरो अस्पतालका डा. आमल पक्राउ’ भनेर समाचार प्रकाशन गरेकोले अस्पताल प्रशासन प्रमुखद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्ति मार्फत खण्डन समेत गरेको छ ।

डा. हुसेनको निजी काममा यस अस्पतालले हस्तक्षेप गर्ने अधिकार समेत नरहेको अवस्थामा उनको गल्तीको बद्नामी यस अस्पतालले भोग्नुपरेको अवस्था देखिएकोले अस्पतालले विज्ञप्ति मार्फत डा. हुसेन पक्राउ परेको विषयमा अस्पतालको कुनै खोजबिन एवं चासो नरहेको प्रष्ट पारेको छ । डा. हुसेन यस अस्पताल सहित ४ वटा अस्पतालमा काम गर्ने गरेका छन् । समाचारमा अन्य अस्पताको नाम समेत नआउनु र यस अस्पतालको मात्र नाम जोडेर फोटो समेत राखी समाचार प्रकाशन गरिएकोले चरित्र हत्या गर्न खोजिएकोले त्यसलाई तत्काल सच्याउन अस्पतालले माग समेत गरेको छ ।

अस्पतालबाट स्वार्थ सिद्ध नभएका केही सञ्चार माध्यमले विगत एक महिनादेखि विभिन्न बहानामा अस्पताललाई अनावश्वक रुपमा चरित्र हत्या गर्ने प्रयास गरि रहेको अस्पताल प्रशासनको भनाई छ । अस्पतालबाट सधैं आर्थिक लाभ लिन पल्केका त्यस्ता सञ्चार माध्यमहरुको आर्थिक स्वार्थ पुरा नभएपछि अस्पतालसँग सम्बन्धित नै नरहेको विषयलाई लिएर बेला बखत चरित्र हत्याको प्रयास गर्ने गरेकोले तत्काल त्यस्ता कार्य नगर्न अस्पतालले आग्रह समेत गरेको छ । कुनैपनि समाचार प्रकाशन गर्दा दुबैतर्फको कुरा सुनेर मात्रै समाचार प्रकाशन गर्नुपर्नेमा केही दिनदेखि अस्पतालबारे यहाँका केही सञ्चारमाध्यमहरुले अस्पतालसँग जानकारी नै नलिई एकतर्फि रुपमा बद्नियत पूर्वक समाचारहरु प्रकाशन गर्ने गरेको बताइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८१ भाद्र ६,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८१ भाद्र ६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद