Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजको होटल सुरज र भिष्वाले बुझाएनन् क्यासिनोको राजश्व, नवीकरण समेत नगराइ सञ्चालन गर्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण १०,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सरकारले तोकेको समयसिमा नाघिसक्दा समेत वीरगंजको होटल सुरज र होटल भिष्वाको क्यासिनोले हालसम्म सरकारलाई तिर्नुपर्ने राजश्व तिरेका छैनन् ।

सरकारले सबै क्यासिनो तथा मनोरञ्जन खेल सञ्चालनको अनुमतिपत्र ९लाइसेन्स० प्राप्त कम्पनीलाई २०८१ असार मसान्तभित्र राजश्व बुझाउन अल्टिमेटम दिएको थियो । तर समयसिमा नाघिसक्दा समेत सरकारलाई तिर्नुपर्ने राजश्व र गराउनुपर्ने नविकरणा नगराइ क्यासिनो सञ्चालन गर्दै आएको पर्यटन विभागले जनाएको छ । समयमै राजश्व नबुझाउने त्यस्ता कम्पनीको दर्ता खारेज गर्ने सरकारले चेतावनी दिएपनि वीरगंजमा रहेको दियालो र क्लार्क होटलको क्यासिनोले मात्रै राजश्व तिरेर कम्पनीको दर्ता नवीकरण गराएका छन् ।

असाढ मसान्त भित्रै वीरगंजको दियालो होटलको क्यासिनो र गोल्डेन फिङ्गर गेमिङ जोन प्रा।लि। हिमाल वाटर पार्क एण्ड भिलेज होटल क्लार्कले मात्रै राजश्व बुझाएर नवीकरणा गराएको छ । भने, वीरगंजको होटल सुरज र होटल भिष्वाको क्यासिनोले हालसम्म सरकारलाई तिर्नुपर्ने राजश्व तिरेका छैनन् ।

होटल, पर्यटन तथा क्यासिनो दर्ता, नवीकरणको जिम्मेवारी पर्यटन विभागलाई दिइएको छ । आर्थिक वर्ष २०८०र०८१ को अन्त्यसम्म देशभरको २१ वटा क्यासिनोले मात्रौ राजश्व बुझाएर दर्ता नवीकरण पत्र लिएको विभागले जनाएको छ । ती क्यासिनोबाट एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार २०० रुपैयाँ राजश्व सङ्कलन भएको विभागले जनाएको छ । विभागका अनुसार ८ वटा ठूला क्यासिनोबाट ४० करोड रुपैयाँ राजश्व र १० करोड रुपैयाँ नवीकरण दस्तुर उठेको छ । यस्तै, १३ वटा साना तथा मझौला खालका आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने क्यासिनोबाट १९ करोड ५० लाख रुपैयाँ राजश्व र ६ करोड ५० लाख रुपैयाँ नवीकरण शुल्क उठेको पर्यटन विभागले जनाएको छ ।

यसअघि विभिन्न बहाना बनाएर राजश्व तिर्न नमानेका कम्पनीहरू समेत राजश्वको दायरामा आएको छ । साना तथा मझौला क्यासिनो कम्पनीले राजश्वबापत जनही १ करोड ५० लाख रुपैयाँ बुझाएका छन् भने दर्ता नवीकरणबाट ५० लाख रुपैयाँ विभागमा बुझाएका छन् । साना तथा मझौला क्यासिनो कम्पनीले राजश्वबापत जनही १ करोड ५० लाख रुपैयाँ र दर्ता नवीकरणबाट ५० लाख रुपैयाँ विभागमा बुझाउनुपर्ने प्रावधान हो ।

राजश्व नतिरी र नविकरणा समेत नगराइ कुनैपनी क्यासिनो चलाउन पाइदैन् तर वीरगंजमा भने नियम विपरित सरकारलाई तिर्नुपर्ने राजश्व र नवीकरणा समेत नगराइ होटल सुरज र होटल भिष्वाले आफनो क्यासिनो चलाइरहदा प्रहरी प्रशासन मौन देखिन्छ । सभार वीरगंज सिटी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ श्रावण १०,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ श्रावण १०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद