Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पटेर्वा सुगौलीमा आर्थिक जिवनस्तर उकास्ने काम गरिरहेको – अध्यक्ष चौधरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ २९,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२९जेष्ठःपर्साको पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले दुई बर्षको कार्यकालमा विकासनिर्माणका कामसंगै सिमान्तकृत र अल्पसंख्यक समुदायको सशक्तिकरणलाईपनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

मंगलबार सृजनशीलल महिला विकास केन्द्र पर्साको सहजिकरणमा गाँउपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आएका गुनासा र सुझावहरुलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले उपलब्ध बजेट र साधनश्रोतको भरपुर उपयोग गरेर विकासनिर्माणका कामहरु गरिरहेको बताए ।यससंगै खासगरि समाजमा पिछडिएका महिला, दलित,अल्पसंख्यक समुदायलाई सिपमुलक तालिम प्रदान गर्दै उनिहरुको आर्थिक जिवनस्तर उकास्ने काम गरिरहेकोपनि उनले बताए ।

अध्यक्ष चौधरीले भने,‘ सडक,नाला, विद्यालय भवन , स्वास्थ्य चौकी लगायतको काम त भइनै रहेका छन् । यसका साथै खासगरि महिलाहरुलाई दुनाटपरी , सर्फ, साबुन , ढकिया बनाउने तालिम दिनुका साथै ती सामान बनाउने मेशीनहरुपनि दिदैै आएका छौं । उनिहरुलाई तालिम दिनेमात्रै होइन , नमूना उद्यमी बनाउने कामपनि गाँउपालिकाले गरिरहेको छ ।

अहिलेसम्मको दुई बर्षे कार्यकालमा प्रयाप्त बजेटको अभावमा जनताले अपेक्षा गरे अनुसारका विकास निर्माणका काम हुन नसकेपनि प्राप्त बजेट र साधनश्रोतको भने भरपुर उपयोग गरेर सम्भव भएसम्मको काम गरिरहेको बताए । आगामीदिनमा नागरिकको अपेक्षा पुरा गर्न आँफुले हरसम्भव प्रयास गरिरहनेपनि उनले बताए ।

अध्यक्ष चौधरीले पटेर्वासुगौली गाँउपालिकालाई लागुऔषध मुक्त गाउँपालिका बनाउन आफुहरु लागि परेको जानकारीपनि गराए । उनले लागु औषध नियन्त्रणको लागि गाउँपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको भन्दै त्यसलाई पूर्ण रुपले नियन्त्रण गर्न गाउँपालिका लागि परेको बताए ।

अध्यक्ष चौधरीले मधेश प्रदेशमै पहिलो गाउँपालिकाका रुपमा पटेर्वा सुगौली गाँउपालिकाले १० शैयाको अस्पताल छिट्टै सञ्चालनमा ल्याउन लागेकापनि बताए । गाउँपालिकाको आफ्नै प्रशासनीक भवन निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी गराए ।

गाँउपालिका उपाध्यक्ष ममता महतोले पालिकाले गरेका विकासनिर्माण, सामाजिक सशक्तिकरण लगायतका कामहरुको जानकारी गराउँदै पालिकाले कृषि क्षेत्रलाई मुख्य प्रााथमिकता दिएको बताइन् । किसानहरुलाई कृषि उपकरण, बीउबिजन वितरणदेखि उनिहरुका उत्पादनको बजार व्यवस्थापनका काम पालिकाले गर्दै आइरहेको भन्दै उनले अगामी बर्षको नीति, कार्यक्रम तथा बजेटमा कृषी क्षेत्रलाई अझ धेरै प्राथमिकता दिइने बताइन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी पालिकाका नागरिकले केहि वडामा सडक र नालाको दूरावस्थाले समस्या भोग्नु परिरहेको ,पोलमा बत्ती ब्रिगदापनि समयमा मर्मत नगरिएको ,वडाका जनप्रतिनिधीहरुले आँफुहरुको गुनासो सम्बोधन गर्न ढिलासुत्ी गर्ने गरेको लगायतका गुनासा राखेका थिए ।

कार्यक्रममा सृजनशिल महिला विकास केन्द्र पर्साले जेष्ठको दोश्रो साता पालिकाका पाँचै वटा वडामा पुगेर सेवाग्राहीसंग संकलन गरेका गुनासो र सुझावसहितको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पाँचै वटा वडाका वडाध्यक्षहरु वडाध्यक्ष विजय गैरे, बासु पंजियार, माधो राउत थारु, विपिन मुखिया,गाँउ कार्यपालिका सदस्य, गाँउसभा सदस्य,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी बरिष्ठ नायब निरीक्षक बाबुराम ढकालका साथै संचारकर्मीहरुकोपनि सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ जेष्ठ २९,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ २९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद