Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वास्थ्यमन्त्री यादवको निरन्तर सरकारी अस्पतालहरुमा अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ २७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,। संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँका दुई प्रमुख स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका छन् । मन्त्री यादवले आइतबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भ्रमण गरी त्यहाँका गतिविधि र समस्याहरूको बारेमा जानकारी लिएका हुन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निरीक्षणका क्रममा मन्त्री यादवले केन्द्रका निर्देशक डा। प्रज्वल श्रेष्ठसँग केन्द्रको हालसम्मको कार्य प्रगति, चुनौती र कठिनाइहरूको बारेमा विस्तृत जानकारी लिए ।

डा। श्रेष्ठले छातीरोग अस्पताल सञ्चालनमा आउन नसकेको कारण बजेट अभाव र आवश्यक जनशक्ति दरबन्दी यकिन नहुनु रहेको मन्त्री यादवलाई जानकारी गराए ।औषधि तथा कार्टेजको पर्याप्त भण्डारणका लागि बजेट अभाव रहेको र प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनका लागि पनि बजेट अपर्याप्त रहेको उनले बताए ।

मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए।। उनले भने, “बाँकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्, बजेट व्यवस्थापन मेरो जिम्मामा छ ।“

त्यसैगरी मन्त्री यादवले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको पनि अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरी केन्द्रका गतिविधि र समस्या बारे जानकारी लिए। केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले केन्द्रको वार्षिक कार्य प्रगति र भवनको साँघुरोपनले सेवा प्रवाहमा आइरहेका समस्याहरूको बारेमा मन्त्री यादवलाई जानकारी गराए ।

मन्त्री यादवले केन्द्रले गरिरहेको कार्यको प्रशंसा गर्दै, समस्याहरू समाधान गर्न मन्त्रालयबाट आवश्यक कदम चाल्ने र बजेट व्यवस्थापनको प्रतिबद्धता जनाए । उनले दुवै केन्द्रमा रहेका पूर्वाधार र प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ जेष्ठ २७,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ जेष्ठ २७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद