Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरामीको उपचारमा प्रभु र नीलकण्ठ अस्पतालको खेलवाड, आइसियु र अप्रेसन थियटरमै भेटियो म्याद गुज्रेका औषधि

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १६,बुधबार
A A
6
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १६ जेष्ठ:वीरगन्जमा रहेको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरले सरकारबाट २५ शैयाको इजाजत लिएको भएपनि ६० भन्दा बढी शैयामा बिरामी राखेर उपचार गर्दै आएको पाइएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा विगत साढे चार बर्षदेखि सञ्चालनमा रहेको प्रभु हस्पिटलले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट २५ शैया मात्र सञ्चालनको इजाजत लिएको छ । तर मंगलबार वीरगन्ज महानगरपालिकाले गरेको अनुगमनका क्रममा अनुमति विपरित उक्त अस्पतालले ६३ शैया राखेर सञ्चालन गरिरहेको पाइएको महानगरबाट अनुगमनमा गएको टोलीमा सहभागी महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले बताए ।

मंगलबार वीरगन्ज महानगरपालिकाको स्वास्थ्य समितिका संयोजक उमाशंकर तिवारीको नेतृत्वमा महाशाखाको टोलीले प्रभु हस्पिटल र निलकण्ठ अस्पतालको अगुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रभु हस्पिटलले सरकारबाट २५ शैया सञ्चालनको अनुमति लिएको भए पनि हाल ६३ शैया राखेर बिरामीहरुको उपचार गरिरहेको भेटिएको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । उनले भने,‘यो सरासर गैरकानूनी हो । जति बेडको अनुमति लिएको छ त्यो भन्दा बढी एक बेडपनि सञ्चालन गर्न पाइदैन ।’

यस्तै प्रभु हस्पिटलमै अनुगमनका क्रममा बिरामीको उपचारमा प्रयोग गरिने केहि औषधीहरु म्याद गुज्रिएको अवस्थामा भेटिएको अनुगमन टोलीका संयोजक तिवारीले जानकारी दिए । उनका अनुसार, अस्पतालको आइसियू कक्ष र ल्याबमा म्याद गुज्रिएका ८ प्रकारका औषधिहरु भेटिएको हो ।

ल्याबमा म्याग्लुमी र एपटीटी किट् तथा आइसियू कक्षमा हेपारिन सोडियम, एल्बुमिन किट, एपटीटी किट्, म्याग्नीओन, एमीओडन, ग्युडेल र बेटाडिन नामका औषधीहरु म्याद गुज्रिएर प्रयोग गर्न अयोग्य रहेको अवस्थामा भेटिएको संयोजक तिवारीले बताए । उनले भने,‘ ती मध्ये केहि औषधिको म्याद ४ बर्षपहिले नै गुज्रिसकेको रहेछ । केहि औषधिको एक्स्पायरी डेट २ महिना पहिलेको थियो ।’

यस्तै प्रभु अस्पतालमा संचालित ल्याब पनि अस्पतालको भुई तल्लामुनि बनाइएको अण्डर ग्राउण्ड पार्किङमा सञ्चालन भइरहेको अव्सथामा भेटिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए । उनले भने, ‘सवारी पार्किङका लागि बनाइएको अण्डर ग्राउण्डमा ल्याब सञ्चालन गरिएको रहेछ । जुन कानून विपरित छ ।’ बेसमेन्टमा संचालन गर्नु नै नियम विपरित रहँदा रहँदै पनि उसले पाएको अनुमति अनुसारको क्षेत्रफलको मापदण्ड पनि नपुगेको भेटिएको अनुगमन समितिका सदस्य समेत रहेका सब इन्जिनियर कुन्दन ठाकुर बताउँछन् । ‘बि क्याटोगोरिमा दर्ता रहेको ल्याब कम्तिमा पनि १५ सय वर्ग फिटमा संचालन हुनुपर्छ । उक्त ल्याब ५ सय वर्ग फिटमा पनि छैन ।’ यस्तै ल्याबमा सरसफाइको व्यवस्थापन पनि सन्तोषजनक अवस्थामा नभेटिएको अनुगमन समितिले जनाएको छ ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १३ पावरहाउस चोक नजिकै सञ्चालनमा रहेको नीलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि १५ शैयाको अनुमति लिएर ३३ शैया राखेर बिरामीको उपचार गरिरहेको पाइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए ।

यादवका अनुसार, नीलकण्ठ हस्पिटलले वीरगन्ज महानगरपालिकाको कार्यालयबाट १५ शैया मात्र सञ्चालनको इजाजत लिएको छ ।

उनले भने, ‘मंगलबार नै हामीले नीलकण्ठ हस्पिटलमा पनि अनुगमन गरेका थियौं । १५ शैयाको मात्र अनुमति लिएर उसले पनि गैरकानूनी रुपमा ३३ शैया सञ्चालन गरिरहेको भेटियो ।’
अनुगमनका क्रममा उक्त अस्पतालका विभिन्न विभाग र कक्षबाट पनि म्याद गुज्रिएका औषधिहरु भेटिएको यादवले जानकारी दिए ।

उनका अनुसार, नीलकण्ठ अस्पतालको शल्यकृया कक्ष (अप्रेसन थिएटर) मा एट्रोपाइन सल्फेट, पायरोलेट, लिडो र आर्याडाइन तथा आकस्मिक कक्षमा एट्रोपाइन सल्फेट, फेनोटन सोडियम र प्लसफ्रलोन नामका औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएको हो ।
महानगरपालिकाको अनुगमन टोलीले केही समय यता यहाँ संचालित अस्पतालहरुको निरन्तर अनुगमन गरिरहेको छ ।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बिरामीको स्वास्थ्यसंग खेलवाड गरिरहेका दुवै अस्पतालमाथि महानगरले कारबाही गर्ने बताए । उनले भने,‘ प्रभु हस्पिटल प्रदेश सरकारबाट २५ शैयाको इजाजत लिएको अस्पताल भएकाले उसका विरुद्ध कारबाहीका लागि महानगरले पत्र लेखेर सिफारिस गर्छ । त्यस बाहेक उसले वीरगन्जकै बिरामीको जिवनसंग खेलवाड गरेकाले महानगरलेपनि छुट्टै कारबाही गर्छ ।’

महानगरबाट १५ शैयाको अनुमति लिएको नीलकण्ठ अस्पतालका सन्दर्भमा भने महानगर आँफैले कानुन अनुसार कारबाही गर्ने मेयर सिंहले बताए । उनले भने,‘एक त कानुनलाई मिचेर उसले १५ बेडको सट्टा ३३ बेड सञ्चालन गरिरहेको छ । त्यसैमा डेट एक्स्पायर औषधिले बिरामीको उपचार पनि गरिरहेको रहेछ । दुवै अस्पताललाई महानगरले हदैसम्मको कारबाही गर्छ ।’

यता प्रभु हस्टिलका अध्यक्ष तथा सञ्चालक डाक्टर मनोज गुप्ताले भने आफनो अस्पतालले २५ शैयाको अनुमति लिएको तर त्यो भन्दा बढी एक शैया पनि सञ्चालन नगरेको जिकिर गरे । उनले भने,‘ २५ शैयाबाट १ सय शैयाको सञ्चालनको तयारी गरिरहेका छौं । त्यसैका लागि थप शैयाहरु किनेर राखेका मात्रै हो । तर २५ शैया भन्दा बढि एक शैयामा पनि बिरामीको उपचार गरेका छैनौँ । १ सय शैयाको इजाजतका लागि आवश्यक प्रकृया सुरु गरिसकेका छौ ।’

म्याद गुज्रिएका औषधि भेटिएको सन्दर्भमा भने डाक्टर गुप्ताले कर्मचारीको केहि लापरवाहीका कारण ती औषधिहरु ल्याब र आइसियुमा भेटिएको बताए । उनले भने, ‘तर बिरामीको उपचारका लागि ती औषधि राखिएको होइन । हामीले डेट एक्स्पायर औषधि बिरामीको उपचार प्रयोग गर्दै गर्दैनौं ।’सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८१ जेष्ठ १६,बुधबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८१ जेष्ठ १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद