Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

एन.एम.एस.आर.ए द्वारा अस्पतालका विरामीहरुलाई फलफुल तथा जुस वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १९,बुधबार
A A
9
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । नेपाल औषधी तथा बिक्रि प्रतिनिधी संघ वीरगंज इकाईले १ सय ३५ औं विश्व मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।
यस अवसरमा नेपाल औषधी तथा बिक्रि प्रतिनिधी संघ वीरगंज इकाईले नारायणी अस्पतालका विरामीहरुलाई फलफुल तथा जुस वितरण गरीएको र मोटरसाइकल र्यालीको आयोजना समेत गरेको इकाईले जनाएको छ ।

नेपाल औषधी तथा बिक्रि प्रतिनिधी संघ वीरगंज इकाईका अध्यक्ष राम गोशाईले श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ उनले भने । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष गोशाईले बताए ।
अध्यक्ष गोशाइको अध्यक्षतामा आयोजना भएको कार्यक्रमा संघका केन्द्रिय उपाध्यक्ष मनोज साह, केन्द्रिय सचिव नरेश कुशवाहा, केन्द्रिय सदस्य राजकुमार चौधरी, वीरगंंज इकाईका गौतम कर्ण, धुर्व मानस, अमित कर्ण, रमेश गिरी, दिपेन्द्रलाल कलवार, सागर गुप्ता, बिकास कुशवाहा, दिपेन यादव, नितेश पटेल, सुनिल भगत माली, अजित कुशवाहा, अनुराग गुप्ता, धरमेन्द्र कुशवाहा लगायत अन्यको सहभागीता रहेको थियो । नेपाल औषधी तथा बिक्रि प्रतिनिधी संघ वीरगंज इकाईका सहसचिव दिपेन्द्र साह कलवारले कार्यक्रम संचालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ बैशाख १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद