Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

दैनिक खाना खुवाउँदै अग्निपीडितलाई वार्मिङ हार्ट्स नेपाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जलेश्वर,। महोत्तरीको मटियाहनी नगरपालिका–६ का अग्निपीडितलाई वार्मिङ हार्ट्स नेपाल सायन समाजले दैनिक खाना खुवाउँदै आएको छ । वार्मिङ हार्ट्सले मटियाहनी–६ का अग्निपीडितलाई दैनिक खाना खुवाउँदै आएको हो ।

गत बुधबार भएको आगलागीबाट एक सय तीन घरपरिवार प्रभावित भएका छन् । आगलागीका कारण खाद्यान्न, लत्ताकपडालगायत अन्य सबै सामान जलेर नष्ट भएको थियो ।

हेन्ड्रेडस् ग्रुप र हाम्रो टिम नेपालको सहयोगमा वार्मिङ हार्ट्सले अग्निपीडितहरूलाई खाना खुवाउँदै आएको हार्ट्सका योगेश गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई सयभन्दा बढी बालबालिकाहरू आगलागीबाट प्रभावित भएका छन् । उनीहरूका किताब कपीलगायत विद्यालय पोशाकसमेत जलेकाले सोको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी गुप्ताले दिनुभयो ।

त्यस्तै, अग्नि प्रभावित मटियाहनी– ६ मा गर्मीको समयमा पालमा बस्दा स्वास्थ्यमा पर्ने समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । वार्मिङ हार्ट्सले जाजरकोट भूकम्पको बेलामा समेत उद्धार र राहतका लागि काम गरेको थियो । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख १८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद