काठमाडौं – कान्तिपुर पब्लिकेशन लिमिटेडका अध्यक्ष कैलाश शिरोहियाले दोहोरो नागरिकता प्रयोग गर्ने गरेको दाबीसहित सोमबार जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दर्ता भयो।
शिरोहियाले धनुषाबाट नागरिकता निकालेको देखिन्छ। उनले विभिन्न स्थानमा प्रयोग गरेको नागरिकता नम्बर फरक(फरक रहेको र उनको नागरिकतामा उल्लेख नम्बरमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्कै व्यक्तिको नाममा समेत नागरिकता जारी भएको दाबी सहित जाहेरी दर्ता भएको हो।
जाहेरी परेको विषय धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गरेका छन्। उनले प्रहरी कार्यालयमा नागरिकता दुरुपयोग सम्बन्धमा जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान अगाडि बढाएको उकेरासँग बताए।
‘जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान सुरु भएको छ,’ उनले भने, ‘जाहेरीमा नागरिकता दुरुपयोग गरेको दाबी गरिएको छ। अहिले हामी जाहेरीको दाबी अनुसार हो या हैन बुझ्दैछौँ।’
एकै नागरिकता नम्बर तर दुई नागरिक १
जाहेरीमा शिरोहिया गैर नेपाली नागरिक रहेको र उनले नक्कली नागरिकताको प्रयोग गरिरहेको दाबी गरिएको छ।
जाहेरीसँगै संलग्न कागजपत्रहरूमा शिरोहियाको २०१९ जन्ममिति राखेर २०३३र०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उप(महानगरपालिका वडा नम्बर २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै छ।
शिरोहियाले २०५७ असोज २८ को निर्णयबाट पहिलो प्रतिलिपि निकालेको नागरिकताको प्रतिलिपिमा नम्बर केरमेट भएको देखिन्छ। त्यसका उल्लेख नागरिकता नम्बर ठम्याउन भने सकिन्छ।
उकेराले प्राप्त गरेको शिरोहियाको मतदाता परिचय पत्रमा भने उनको नागरिकता नम्बर प्रष्ट छ। उनको मतदाता परिचय पत्रमा उल्लेख गरिएको नागरिकता नम्बर शिवजीको नागरिकता नम्बर र शिवजीको मतदाता परिचय पत्रमा उल्लेख नागरिकता नम्बर एउटै छ। ३९६९ नम्बरबाट दुवैको नागरिकता नम्बर सुरू भएको देखिन्छ।
यो पनि स् धनुषा प्रहरीमा कान्तिपुरका अध्यक्ष शिरोहियाविरुद्द जाहेरी दर्ता, दोहोरो नागरिकताको दावी
शिरोहियाको नाममा पहिलो पटक नागरिकता जारी भएकोमा प्रस्ट मिति उल्लेख छैन, २०३३र०३४ मात्र उल्लेख छ। नागरिकतामा उल्लेख भएको वर्ष अनुसार शिरोहियाको नागरिकता शिवजीभन्दा अगाडि जारी भएको देखिन्छ।
उनले २०३३र०३४ मा जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता निकालेको देखिन्छ। उता शिवजीको नागरिकतामा प्रस्टै मिति २०३६ भदौ २० उल्लेख छ।
तर, हिमालयन रि इन्स्योरेन्सको सेयर लागत पुस्तिकामा उल्लेख गरिएको शिरोहियाको नागरिकता नम्बर भने फरक देखिन्छ। शेयर लागत पुस्तिकामा भने २८३९ उल्लेख छ। तर उनले बुझाएको नागरिकताको प्रतिलिपीमा भने ३९६९ बाटै नागगरकिताको नम्बर शुरु भएको देखिन्छ।
शिरोहियाको नाममा जारी भएको राष्ट्रिय परिचय पत्रमा नागरिकताको नम्बर ३९६९ बाटै शुरु भएको देखिन्छ। तर नागरिकता जारी मिती २०३३र०३४ को सट्टा पहिलो प्रतिलिपी निकालेको मिती २०५७ असोज २९ उल्लेख छ। सभार उकेरा




