Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा र बारामा सुक्न थाले चापाकल देखी डिप बोरींग, पानीको समस्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख १४,शुक्रबार
A A
4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१४बैशाखः गर्मी अत्याधिक बढ्नु तथा तातो का साथै लामो समय देखि वर्षापनि नभएपछि पर्सा र बारामा यसबर्षपनि चापाकलहरु सुक्न थालेका छन् । पर्सामा खासगरी वीरगन्ज महानगरका शहरी क्षेत्रका वडाहरुमा चैत अन्तिम सातादेखि चापाकलहरु सुक्न सुरु भएको हो । योक्रम अहिले झन् बढ्दै गइरहेको छ ।

चापाकलहरु सुक्न थालेपछि खानेपानीको समस्या फेरि विकराल बन्दै गइरहेको छ ।यस्तै बारको परवानीपुर गाउँपालिकामा हाल सम्ममा वडा नम्बर ३ र ५ मा चपाकल देखी गाउँपालिकाले जडान गरेको डिप बोरीगंमा समेत पानिको समस्या देख परेको छ । हाल गर्मी मौसमको पहिलो चरणमा देखा परको पानिको समस्याले अउने दिनमा ठुलो छति हुने देखापरेको छ ।

वीरगन्ज महानगरपालिकाको खानेपानी महाशाखाका प्रमुख ईन्जिनियर राकेश कुमार साहलेपनि केहि साता यता महानगर क्षेत्रमा चापाकलहरु सुक्न थालेको र त्यसले खानेपानीको समस्यासंग महानगरबासी जुधिरहेको बताए ।उनले छिट्टै बर्षा नभएमा आगामी दिनमा पिउने पानीको समस्या झनै विकराल हुनेपनि बताए।

गत वर्ष चापाकलहरू सुकेर समस्याग्रस्त बनेका वडाहरूमा यसपटक अझ धेरै पिउने पानीको समस्या हुन सक्ने संकेत देखा परिरहेको साहले बताए । उनले भने,‘ भूमीगत पानीको सतह घटिरहेको छ । अहिले तत्काल पानी पर्ने सम्भावना पनि रहेको देखिदैन । जसका कारण पानीको सतह घटेर चापाकलहरू सुक्न थालेका छन् । यसबर्ष पोहोरको भन्दा अझ पानीको समस्या विकराल बन्न सक्ने अवस्था देखिदैछ ।’

वीरगन्ज महानगर क्षेत्रमा यसअघि सामान्यतया पानीको सतह २७–२८ फिट भेटिने गरेकोमा अहिले ३०÷३५ फिट तलसम्म पुगेको भन्दै उनले पानीको सतह अझ घट्न सक्ने सम्भावना रहेको बताए।

चापाकलहरु सुकेर पानीको समस्या हुन थालेपछि यसबर्षपनि महानगरपालिकाले विभिन्न वडाहरूमा डीप बोरिङ जडान गरिरहेको बताए ।खाने पानीको समस्याग्रस्त वडाहरूमा डीप बोरिङ जडान भइरहेको भन्दै साहले व्यक्तिगतरूपमा डीप बोरिङ जडानको लागि स्वीकृति प्रदान गरिएको जानकारीपनि गराए। उनले भने,‘डीप बोरिङ जडान गर्दा व्यक्तिविशेषले समस्याग्रस्त छिमेकीहरूलाईपनि पानी उपलब्ध गराउने शर्तमा डीप बोरिङ जडानको इजाजत दिने गरेका छौं।’

उनका अनुसार,अधिकतम ३५० फिटसम्मको गहिराईमा मात्र डीप बोरिङ जडानका लागि महानगरले अनुमति दिने गरेको छ । त्यो भन्दा बढी गहिराईमा बोरिङ जडान गर्न नपाउने साहले बताए।
वीरगन्ज महानगर क्षेत्रमा गर्मीका बेला गत वर्षदेखि चापाकलहरु सुकेर पिउने पानीको हाहाकार नै भएको थियो । त्यसपछिछ महहानगरपालिकाले केही वडाहरूमा डीप बोरिङ जडान गरेको थियो भने व्याक्तिगत रुपमा पनि डीप् जडान गरिएको थियो । तर जथाभावी डीप बोरिङ जडान गर्दा पानीको सतह झनै घट्न थालेको गुनासो आएपछि पोहोर महानगरले व्यक्तिविशेषलाई डीप बोरिङ जडानमा रोकपनि लगाएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख १४,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख १४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद