Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

एक महिना पनि रहँदैन लोडसेडिङको समस्या – कुलमान घिसिङ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज— बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समस्या एक महिनाभित्रै अन्त्य हुने बताएका छन् । लोडसेडिङको समस्या समाधान गर्न २ हजारदेखि २२ सय मेगावट सोलार प्लान्ट थप्न लागेको बताउँदै उनले लोडसेडिङले उद्योगलाई हतोत्साहित नहुन आग्रह गरे ।

अहिलेको समस्या भनेको तत्कालको लागि मात्रै हो, यो समस्या एक महिना पनि रहँदैन,’ कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजन गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र – उद्योग र व्यापार, खोई पूर्वाधार रु’ मा बोल्दै उनले भने, ‘हाम्रो जेनेरेसन बढ्दै छ । अर्को वर्ष करिब ५र६ सय मेगावट थप हुदा ड्राई सिजनका लागि पनि हुन्छ । यही बीचमा सोलार प्लान्ट पनि थप्दैछौँ । १ महिनापछि बढी भएको विद्युत कसरी खपत गर्ने र निर्यात कसरी गर्ने भन्ने अवस्था आउन सक्छ ।’

विडिङ प्रक्रिया मार्फत सोलार प्लान्ट निजी क्षेत्रलाई खुल्ला गरेको उनले बताए । ‘वीरगन्जमा मात्रै २ सय मेगावटको विड गरेका छौ । सबै उद्योगीलाई सहभागी भएर वीरगन्ज क्षेत्रको जेनेरेसन क्षमता बढाउन आग्रह गर्छु,’ उनले भने, ‘यसले दूई काम – भोल्टेज र जेनेरेसन क्षमता पनि बढाउँछ ।’

वीरगन्ज क्षेत्रमा भोल्टेजको समस्या पनि छ । तर, वीरगन्ज क्षेत्रमा आफ्नै जेनेरेसन छैन । त्यसका लागि पनि सोलार प्लान्ट आवश्यक रहेको उनले बताए । ‘सोलार प्लान्ट एक देखि २ वर्षभित्र ल्याउने योजना छ । हाम्रो जेनेरेसनले पनि धान्ने अवस्था छ,’ उनले भने ।

घिसिङका अनुसार भारतमा चुनावका कारण दिउसो मात्रै विद्युत् आयात गरिएको छ । राति आयात नहुदा लोडसेडिङ भइराखेको छ । ‘सुख्खा सिजन हो । भारतबाट राति आयात गर्न नसक्दा राति लोडसेडिङको समस्या भएको छ,’ उनले भने, ‘दिउँसो १२ घण्टा विद्युत् दिएका छौँ । राति १२ बजेपछि विहान ६ बजेसम्म विद्युत् आयात गर्न प्रयास गर्देछौँ, त्यो हुँदा १८ घण्टासम्म दिन सक्छौँ ।’साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० चैत्र २४,शनिबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद