Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

एक महिना पनि रहँदैन लोडसेडिङको समस्या – कुलमान घिसिङ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २४,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज— बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समस्या एक महिनाभित्रै अन्त्य हुने बताएका छन् । लोडसेडिङको समस्या समाधान गर्न २ हजारदेखि २२ सय मेगावट सोलार प्लान्ट थप्न लागेको बताउँदै उनले लोडसेडिङले उद्योगलाई हतोत्साहित नहुन आग्रह गरे ।

अहिलेको समस्या भनेको तत्कालको लागि मात्रै हो, यो समस्या एक महिना पनि रहँदैन,’ कान्तिपुर मिडिया ग्रुपले वीरगन्जमा आयोजन गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र – उद्योग र व्यापार, खोई पूर्वाधार रु’ मा बोल्दै उनले भने, ‘हाम्रो जेनेरेसन बढ्दै छ । अर्को वर्ष करिब ५र६ सय मेगावट थप हुदा ड्राई सिजनका लागि पनि हुन्छ । यही बीचमा सोलार प्लान्ट पनि थप्दैछौँ । १ महिनापछि बढी भएको विद्युत कसरी खपत गर्ने र निर्यात कसरी गर्ने भन्ने अवस्था आउन सक्छ ।’

विडिङ प्रक्रिया मार्फत सोलार प्लान्ट निजी क्षेत्रलाई खुल्ला गरेको उनले बताए । ‘वीरगन्जमा मात्रै २ सय मेगावटको विड गरेका छौ । सबै उद्योगीलाई सहभागी भएर वीरगन्ज क्षेत्रको जेनेरेसन क्षमता बढाउन आग्रह गर्छु,’ उनले भने, ‘यसले दूई काम – भोल्टेज र जेनेरेसन क्षमता पनि बढाउँछ ।’

वीरगन्ज क्षेत्रमा भोल्टेजको समस्या पनि छ । तर, वीरगन्ज क्षेत्रमा आफ्नै जेनेरेसन छैन । त्यसका लागि पनि सोलार प्लान्ट आवश्यक रहेको उनले बताए । ‘सोलार प्लान्ट एक देखि २ वर्षभित्र ल्याउने योजना छ । हाम्रो जेनेरेसनले पनि धान्ने अवस्था छ,’ उनले भने ।

घिसिङका अनुसार भारतमा चुनावका कारण दिउसो मात्रै विद्युत् आयात गरिएको छ । राति आयात नहुदा लोडसेडिङ भइराखेको छ । ‘सुख्खा सिजन हो । भारतबाट राति आयात गर्न नसक्दा राति लोडसेडिङको समस्या भएको छ,’ उनले भने, ‘दिउँसो १२ घण्टा विद्युत् दिएका छौँ । राति १२ बजेपछि विहान ६ बजेसम्म विद्युत् आयात गर्न प्रयास गर्देछौँ, त्यो हुँदा १८ घण्टासम्म दिन सक्छौँ ।’साभार – इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० चैत्र २४,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० चैत्र २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद