Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

प्रदिप यादवकाे प्रश्न : हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन ?

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ चैत

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुनुकाे कारण माग गरेका छन् ।

सार्वजनिक लेखा समितिकाे विहीबार बसेकाे बैठकमा बाेल्दै सांसद यादवले साेधे, `हुलाकी राजमार्गमा यति ढिलासुस्ती किन, वास्तविक कारण के हाे ? समस्या समाधानका लागि लेखा समितिमा कारण आउनुपर्याे ।´

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयले ९७५ किलाेमिटर निर्माण भइसकेकाे तथ्यांक प्रस्तुत गरेकाे थियाे ।

यसमा यादवले साेधे, `९७५ किलाेमिटर निर्माण भएकाे भनियाे, याे सडक कति टुक्रामा छ ? सहायक सडक कति छ ? यसकाे मापदण्ड के हाे ? नेताकाे दबाब, मन्त्रीकाे दबाब, आसेपासेकाे दबाबमा कहाँ कहाँ निकालियाे बताउनुस् ।´

सांसद यादवले मधेश प्रदेशमा हुलाकी राजमार्गमा कति पुल बन्न बाँकी छ भनेर साेधे । `पर्सामा राष्ट्रिय निकुञ्जमा के समस्या छ, हुलाकी राजमार्ग विस्तारमा´ उनले साेधे । मधेशकाे लाइफलाइन हुलाकी राजमार्ग यथाशीघ्र बनाउनुपर्ने उनकाे भनाइ थियाे ।

हुलाकी सडकमा ठेकेदारले पनि बदमासी गरेकाे उनले जिकिर गरे । `समग्रमा याे सरकारकाे दाेष हाे, सुस्त हुनुमा´ उनले भने, `मधेशबाट मन्त्री नियुक्त भयाे भने अग्रसरता लिने, पहाडकाे बन्याे भने नलिने छ । अहिले महासेठ मन्त्री हुनुहुन्छ, पक्कै अग्रसरता लिनेछ । कहाँ कहाँ समस्या छ, स्पष्ट आओस् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद