Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

पत्रकार गिरी माथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न प्रेस युनियनको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । सञ्चारकर्मी दिपेन्द्र गिरी माथि सांघातिक आक्रमण भएको हप्तौं दिन बिति सक्दा पनि पर्सा प्रहरीले अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै नेपाल प्रेस युनियन जिल्ला शाखा पर्साले आपत्ति जनाएको छ ।
युनियनका पर्सा सचिव ईरफान अलीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने पत्रकार दिपेन्द्र गिरी र उनको परिवार माथि भएको सांघातिक आक्रमण प्रति यस संगठनको गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।

गत चैत ११ गते आईतवारका दिन राती ९ः०० बजे सोही स्थानमा बस्ने रुपेश पटेल, दिपेश पटेल लगायतकाले पत्रकार गिरीको घरमै प्रवेश गरी पत्रकार गिरी, उनको श्रीमति र आमा समेतलाई बिना कारण आक्रमण गरी गम्भिर घाईते बनाएकोमा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भईसकेको छ ।
घटना भएको हप्ता दिन भन्दा बढी भईसक्दा पनि हाल सम्म दोषीहरुलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाएकोमा यथाशिघ्र दोषीहरुलाई पक्राउ गरी कानुन अनुसार कडा भन्दा कडा कारवाहीको लागि जोडदार रुपमा माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सदस्य समेत रहेका पत्रकार गिरी मिर्मिरे उज्यालो दैनिक, तराई रिपोर्ट साप्ताहिक लगायतका सञ्चारमाध्यमहरुमा आवद्ध रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद