Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगन्जमा हुने भएको छ । क्लबले आज पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरेर चैत २४ गते वीरगन्जको होटल क्लार्कमा ऐतिहासिक दोश्रो महाधिवेशन गर्ने जानकारी दिएको हो ।

महाधिवेशनको मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गर्ने र क्लबका पास्ट इन्टरनेशनल डाईरेक्ट लायन जीएस होराको पनि आतिथ्यता रहने आयोजक क्लबका राष्ट्रिय अध्यक्ष लायन डीएन अग्रवालले जानकारी दिए ।

महाधिवेशनबाट लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाईस डिस्ष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नरका लागि नयाँ नेतृत्व पनि चयन हुने जानकारी गराएको छ । नयाँ नेतृत्वमा सर्वसम्मत नै चयन गर्ने प्रयास रहने बताईएको छ ।

डिष्ट्रिक्ट चिफ पत्रकार वाहेतीको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा पीएमसीसी लायन रमेश कुमार अग्रवाल, डिष्ट्रिक्ट सेक्रेटरी बासु तिमिल्सिना, एरिया चिफ लायन उमेश शर्मा, टे«जर रामबिहारी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

पर्सा, बारा, मकवानपुर, ललितपुर र काठमाडौं जिल्लालाई एउटा जिल्लाको रुपमा गठन गरिएको लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एसका झण्डै चारसय प्रतिनिधिहरु वीरगन्जमा हुने महाधिवेशनमा सहभागी हुने जानकारी दिएको छ ।
महाधिवेशनमा सहभागी हुन आउनेहरुले प्रतिनिधि प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार लाग्ने छ । प्रतिनिधिहरुले आउने जाने यातायात र होटलमा बस्ने व्यावस्था भने आफैले गर्नुपर्ने जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण लायन विजय कुश्वाहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद