Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

एसइईमा चिट चोराउने छ जना पक्राउ , गिरोह नै सक्रिय

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
file pic

file pic

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खजुरा, चैत २१ गते । यही चैत १५ गतेदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चिट चोराउनका लागि बाँकेको नेपालगन्जमा गिरोह नै सक्रिय रहेको पाइएको छ ।

एसइईको परीक्षा दिइरहेका विद्यार्थीलाई चिट चोराउने कार्यमा शिक्षक, परीक्षा निरीक्षक, कन्सल्टेन्सी सञ्चालकलगायतका अन्य व्यक्तिको संलग्नता रहेको पाइएको छ । अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न छ जनालाई पक्राउ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक कन्सल्टेन्सीका सञ्चालक र कर्मचारीसहित चार जना र एक स्कुलका प्रिन्सिपल र शिक्षक गरी छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार सञ्चालन भएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा ज्ञानोदय विद्या निकेतन ९जिभिएन० स्कुल परीक्षा केन्द्रबाट लोटस इङ्ग्लिस मिडियम हाइस्कुलमा पढ्ने एक विद्यार्थीले मोबाइलबाट चिट चोरिरहेको अवस्थामा अनुगमन गर्न पुगेको टोलीले फेला पारेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

चिट चोरीरहेका विद्यार्थीको मोबाइलमा अल्ताफ सर नामक ह्वाट्स एप आइडीबाट ‘एलइएमएचएस क्लास टेन’ नामक ग्रुपमा उत्तर आएको देखिएको र उक्त ग्रुपमा २७ जना सदस्य रहेको खुलेको छ । मोबाइल बरामद गरि उक्त कक्षामा परीक्षा निरीक्षक रहेका मेनेका महतलाई कारबाही गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

यसैगरी, केन्द्राध्यक्ष, निरीक्षक तथा प्रहरीसहितको अनुगमन टोलीले सोही परीक्षा केन्द्रमा अरु दुई जना परीक्षार्थीसँग पनि मोबाइल बरामद गरेको छ । बरामद गरिएका मोबाइलमा समेत चिट चोर्ने गतिविधि हुन सक्ने आशङ्कामा अनुसन्धानका लागि मोबाइल बरामद गरिएको हो ।

युद्ध संस्कृत माविमा अध्ययनरत सोही परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी एक छात्राको मोबाइलमा ‘तेरा बाबा मेरा बेटा’ नामक ग्रुपमा समेत उत्तर प्राप्त भइरहेको पाइएको छ । ग्रुपबाट प्रश्नपत्र बाहिर पठाउने र उत्तर आउने गरेको पाइएको प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार अर्का एक विद्यार्थीको मोबाइलमा पनि ह्वाट्स एपबाट प्रश्नको उत्तर प्राप्त भएको पाइएकाले अनुसन्धानका लागि मोबाइल बरामद गरेर जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

चिट चोराउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरिएको र एक जनालाई सोधपुछपछि छाडिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यमा संलग्न लोटस इङ्ग्लिस मिडियम हाइस्कूलका प्रिन्सिपल तपन शर्मा र सोही स्कुलमा पार्टटाइम कार्यरत अल्ताफ अलिलाई पक्राउ गरिएको छ ।

यसैगरी, ए वान क्लासेस नामक कन्सल्टेन्सीबाट कमलबजार नगरपालिका ३ स्थायी ठेगाना भई हाल नेपालगन्ज बस्ने सो कन्सल्टेन्सीका कर्मचारी दिलीप विक र सन्तोष नेपालीलाई पनि पक्राउ गरिएको छ । उनीहरु सो कन्सल्टेन्सीमा बसी गाइड तथा सोलुसन राखेर प्रश्नको उत्तर लेख्दै ह्वाट्स एप ग्रुपमा हाल्दै गरेको अवस्थामा पक्राउ परेका हुन । उनीहरुले उक्त कन्सल्टेन्सीका सञ्चालक इरफान अलि मिकरानीलाई उत्तर लेखेर फरवार्ड गर्ने गरेको पाइएको थियो । कन्सल्टेन्सीका रिसेप्सेनिस्ट स्नेहा चौधरीलाई पनि पक्राउ गरिएको थियो । सोधपुछपछि उनलाई छोडिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले उक्त कन्सल्टेन्सीबाट पाँच थान मोबाइल, एक थान ल्यापटप, केही थान गाइड तथा सोलुसन बुक, प्रश्न उत्तर लेखिएको कागजपत्र, विभिन्न व्यक्तिहरुको सम्पर्क नम्बर लेखिएको कागजसमेत बरामद गरेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका बारेमा थप अनुसन्धान प्रहरीले सुरु गरेको उहाँले बताउनुभयो ।

उक्त परीक्षा केन्द्रमा मर्यादाविपरीत चिट चोर्ने तथा चोराउने कार्य हुने गरेको भनेर गुनासो आएपछि दिनभरि लगाएर अप्रेसन तथा अनुसन्धान गरिएको र अनुसन्धानका क्रममा मोबाइलमार्फत चिट चोराउन गिरोह नै सक्रिय रहेको पाइएको र अप्रेसन सफल भएको प्रजिअ पोखरेलले बताउनुभयो । सभार गोरखापत्र अनलाइ
यो समाचार पत्रकार नगजेन्द्र गुरुङ गोरखापत्रमा लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८० चैत्र २१,बुधबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद