Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

किन ! गोदाममै सड्यो करोडको चिनी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २०,मंगलवार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परासी – नवलपरासीको महेशपुर भन्सार कार्यालयमा १ करोड बराबरको चिनी गोदाममै सडेको छ। भारतबाट भन्सार छलेर चोरी गरी ल्याउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट बरामद भएका चिनी तीन वर्ष पुग्न लाग्दासमेत लिलाम हुन नसक्दा गोदाममै सडेको हो।

सम्बन्धित निकायले गम्भीरतापूर्वक परीक्षणमा चासो नदिँदा चिनी पूर्णरूपमा सड्न पुगेको भन्सार कर्मचारीहरू बताउँछन्। यसबाट सरकारलाई ५४ लाख बढी रकम राजस्व घाटा लागेको भन्सार कार्यालयले जनाएको छ। जिल्लाको सीमावर्ती नाकाबाट भन्सार चोरी गरी ट्रक र पिकअपबाट विभिन्न स्थानमा लैजाने क्रममा २०७८ असारमा पश्चिम नवलपरासी र पूर्वी नवलपरासीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले चिनी बरामद गरी भन्सार पठाएको थियो। बरामद भएको चिनीमा ५० केजीका २ हजार बोरा छन्। चिनीको गुणस्तर परीक्षण गर्ने निकायले गम्भीरतापूर्वक परीक्षणमा वास्ता नगर्दा १ लाख केजी ९१ सय टन० चिनी गोदाममै सडेको हो।

सडेको चिनी नहटाउँदा गोदामभरी झिंगा भन्किन थालेका छन् भने बगेको चिनीको रसले गोदाम नै बिग्रिन थालेको छ। भन्सारमा एउटा मात्रै गोदाम छ। सडेको चिनीका कारण अन्य सामान राख्न नसकिएको भन्सार कार्यालयले जनाएको छ। अहिले नवलपरासीका बजार क्षेत्रमा चिनीको खुद्रा मूल्य प्रतिकेजी ८५ देखि ९० रुपैयाँ छ भने बाहिरी जिल्लाका बजार क्षेत्रमा प्रतिकेजी १ सयदेखि ११० सम्म छ।

भारतबाट भन्सार छलेर ल्याएका चिनी जिल्लाका बजार क्षेत्रमा पुर्‍याइने गरेका कारण अन्य बजार क्षेत्रको तुलनामा नवलपरासीमा चिनी कम मूल्यमा पसलहरूले बिक्री गर्ने गरेका छन्। बजार भाउअनुसार उक्त चिनीको मूल्य ९० लाखदेखि १ करोडको हाराहारीमा छ। चिनी लिलाम हुन सकेको भए ५४ लाख बढी रकम राजस्व संकलन हुने महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धिबहादुर चुडाल बताउँछन्।

भन्सारले अहिले बरामद चिनीलाई प्रतिकेजी ४८ रुपैयाँ ९३० रुपैयाँ भारु० कायम गरी त्यसमा १३ प्रतिशत भ्याट जोडेर ५४ रुपैयाँमा लिलाम गर्दै आएको जनाएको छ। लिलाम हुन नसक्दा उक्त राजस्व घाटा लागेको भन्सार प्रमुख चुडालले बताए। बरामद भएको चिनीलाई भन्सार कार्यालयले परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाएको थियो।

कार्यालयले चिनी रहेको बोरामा लेबल र सिल उल्लेख नगरिएकाले मापदण्डविपरीत रहेको भन्दै पत्र पठाएपछि लिलाम हुन नसकेको हो। तर, कार्यालयले चिनीको नमुना परीक्षण नगरी बोराको मात्र मापदण्ड हेरेर पत्र पठाएपछि चिनी लिलाम हुन नसकेको भन्सार कार्यालयले जनाएको छ। ‘खाद्य नियमावली २०२७ ले तोकेअनुसारको बोरामा खुलाउनुपर्ने विवरण नखुलाइएकाले चिनीको विश्लेषण गरिरहन परेन’, उक्त समयमा गुण नियन्त्रण कार्यालयले पठाएको पत्रमा भनिएको छ। चिनी परीक्षण नगरी बोराको लेबल मात्र हेरेका कारण लिलामका लागि कानुनी समस्या आएको भन्सार कार्यालयले जनाएको छ। ‘प्रायः चिनी गुणस्तरहीन हुँदैनन्। तर, चिनी परीक्षण नगरी बोरा हेरेर जवाफ पठाइएकाले कानुनी समस्या आएका कारण लिलाम गर्न कठिनाइ भयो’, भन्सारका एक कर्मचारीले भने।

व्यावहारिक रूपमा चिनीको परीक्षण गर्न सकिने भए पनि कानुनी रूपमा गर्न नसकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाइले बताए। ‘बोरामै लेबल र अन्य विवरण नभएकाले कानुनी रूपमा चिनी परीक्षण गर्न मिल्दैन। त्यसैले तत्कालीन समयमा चिनी परीक्षण नगरी गुणस्तर नभएको भन्ने जवाफ पठाइएको हो’, कार्यालय प्रमुख हलुवाइले भने। राजश्व संकलन हुने मनशायले केही जिल्लामा त्यस्ता प्रकृतिका खाद्यवस्तुलाई व्यावहारिक रूपमा हेर्दा पछि विवाद आएका कारण कर्मचारीहरूलाई कानुनअनुसार नै अघि बढ्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

पहिला चिनी परीक्षण गर्न गुण नियन्त्रण कार्यालय पठाइने गरिएको थियो। तर, अहिले भन्सारमा आउने चिनी परीक्षण भैरहवा भन्सार कार्यालयको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले गर्दै आएको छ। लिलाम हुन नसकेको चिनीलाई अब पक्रिया मिलाएर नष्ट गरिने महेशपुर भन्सार कार्यालयका प्रमुख चुडालको भनाइ छ। ‘केही दिनमा जिल्लास्थित लिलाम मूल्यांकन समितिको बैठक बसेर चिनीलाई नष्ट गर्ने प्रक्रिया अघि बढाउँछौं’, कार्यालय प्रमुख चुडालले भने।

तस्करबाट चिनी लिलाम गर्न दबाब

गोदाममा पूर्णरूपमा सडेको चिनीलाई लिलाम गर्न केही व्यवसायीहरूले भन्सार कार्यालयलाई दबाब दिएका छन्। ‘सडेकै भए पनि लिलाम गर्नुस् हामी सकार्छौं भन्दै केही व्यवसायीहरू आएका छन्’, महेशपुर भन्सार कार्यालयका एक कर्मचारीले भने। त्यसरी चिनी लिलाम गरिदिन भन्दै आउने व्यवसायी चिनीको कारोबारी गर्ने रहेको बताइएको छ।

चिनी लिलाम भएमा लिलामी कागज देखाएर चिनीको तस्करी गर्न सहज हुने भएकाले दबाब आउने गरेको बताइएको छ।
‘तस्करी गर्ने क्रममा चिनी बरामद भए सोही लिलामको कागज देखाएर उम्कन सक्ने भएकाले लिलाम गर्न दबाब दिएका हुन्’, ती कर्मचारीले भने। सडेको चिनी लिलाम हुन नसक्ने भन्सार कार्यालयका प्रमुख चुडालले बताए। ‘पूर्णरूपमा चिनी सडेको छ। सडेको चिनी कसरी लिलाम हुन्छ रु कसैले भन्दैमा हुने हो र रु कानुनअनुसार नष्ट गर्ने प्रक्रिया अघि बढ्छ’, चुडालले भने। सभार अन्नपूर्ण पोष्टबाट यो समाचार हरि शर्मा ले नवलपरासी बाट लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद