Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वास्थ्य केन्द्रमा रेबिज खोप अभाव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २०,मंगलवार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बरहथवा (सर्लाही), चैत २० गते । सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेबिज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।

मागअनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको लामबन्दीस्थित नगर अस्पतालका डा।राम विश्वास रायले जानकारी दिनुभयो । कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । जिल्लामा साबिक पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये चार वटा बलरा, लालबन्दी, बरहथवा र हरिपुरबाट सेवा प्रवाह हुँदै आएको छ ।

यसमा थप सासापुर स्वास्थ्य चौकी हरिवन र प्रादेशिक अस्पताल मलङ्गवाबाट पनि सेवा प्रदान हुने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो । सेवा सञ्चालन भइरहेका जिल्लाका उत्तरी क्षेत्रका लालबन्दी, हरिपुर प्राथमिक स्वास्थ्य केन्द्र र सासापुर स्वास्थ्य चौकीमा हरेक महिना औषधि अभाव हुने गरेको छ । सासापुर स्वास्थ्य चौकी हरिवनमा मासिक २५ देखि ४० भाइल मात्र खोप आउने गरेको छ । तर, माग सय भाइल रहेको स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।

‘‘यहाँ माग सय भाइलसम्म हुने गरेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेका बिरामी धेरै आउँछन् । तर, औषधि मुस्किलले हप्तादेखि दुई हप्तालाई मात्र पुग्छ ।’’ आफूहरूले प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रमा माग पत्र बुझाएको उहाँले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र हरिपुरमा पनि खोप सकिएको चिकित्सकहरूले बताएका छन् । यस महिनाको लागि आएको ४० भाइल खोप गत १५ गतेअघि नै सकिएको लालबन्दी नगर अस्पतालका डा रायले जानकारी दिनुभयो । रेबिज विरुद्धको खोप लगाउन आउनेलाई अन्यत्र पठाउने गरिएको उहाँको भनाइ थियो ।

खोपका लागि मासिक सय जना बिरामी आउने गरेको र औषधिको कोटा थोरै हुँदा समस्या भएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक अनिलकुमार चौधरीले जानकारी दिनुभयो । ‘‘अहिले हामीसँग खोप छैन ।’’ उहाँले भन्नुभयो, ‘‘सधैँ यस्तो त हुन्न तर, पनि औषधि पर्याप्त छैन । सधैँ नपुग नै हुन्छ ।’’ रेबिजविरुद्धको खोप सरकारले निःशुल्करुपमा प्रदान गर्ने गर्दछ । तर, पनि स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चका लागि भनेर एक मात्राको सय रुपैयाँसम्म लिने गरेका छन् । त्यो पनि नपाउँदा स्थानीय चर्को मूल्यमा निजी क्लिनिकबाट किनेर प्रयोग गर्न बाध्य छन् ।

रेबिज विरुद्धको खोप बजारमा प्रति भाइल दुई हजार पाँचदेखि तीन हजारसम्म पर्ने गरेको छ । यसरी सरकारले अनुदानमा निःशुल्क दिने भनेको रेबिज विरुद्धको खोपसमेत अभावमा बजारमा गएर किनेर लगाउनुपर्दा विपन्न नागरिकलाई मर्का परेको हरिवन नगरपालिकाकी रिता सापकोटाले बताउनुभयो ।

यता प्रादेशिक अस्पताल मलङ्गवामा प्रत्येक महिना तीन सय भाइल हाराहारीमा खोप आउने गरेको छ । अस्पतालका मेसु डा नवलकिसोर झाले औषधि पर्याप्त रहेको बताउनुभयो । प्रदेशबाट कुनै रोकतोक विना खोप दिने गरेको उहाँको भनाइ छ । प्रयोग विवरण स्पष्ट बुझाउनुपर्ने उहाँको दाबी छ । कुकरले टोके एक व्यक्तिले यो खोप २८ दिनभित्रमा तीनदेखि पाँच पटकसम्म लगाउनुपर्छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० चैत्र २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद