Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै बिमा व्यवसायमा सङ्कुचन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १९,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, चैत १९ गते । मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बिमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ । अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बिमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो । जीवन बिमा लेख सङ्ख्यामा आएको गिरावट र निर्जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलनमा पछिल्लो समय कमी आइरहेको छ ।

कम्पनीहरूको बिमा शुल्क आर्जनको दर सामान्य वृद्धि देखिए पनि समग्र व्यवसायको वृद्धिमा सङ्कुचन आइरहेको छ ।

मुलुकमा सञ्चालित जीवन र निर्जीवन कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०र८१ को फागुन मसान्तसम्ममा कुल एक खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् । निर्जीवनतर्फ १४ र जीवन बिमातर्फ १४ वटा गरी कुल २८ वटा बिमा कम्पनीले सङ्कलन गरेको यो बिमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४।४० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक खर्ब १९ अर्ब ५९ करोड ८६ लाख १२ हजार रुपियाँ कुल बिमा शुल्क सङ्कलन गरेका थिए । यो अवधिमा जीवन बिमाको तुलनामा निर्जीवन बिमाको व्यवसाय झनै खुम्चिएको छ । चालु आवको फागुन मसान्तसम्म जीवन बिमा शुल्क सङ्कलन ५।१९ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा शुल्क सङ्कलनको वृद्धिदर केबल १।५३ प्रतिशतमा सीमित रहेको छ ।

सुस्ताउँदो अर्थतन्त्रको असर

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको असरबाट बिमा क्षेत्र पनि अछुतो रहन नसकेको विज्ञहरू बताउँछन् । मुलुकको बाह्य अर्थतन्त्रमा सुधारका केही सङ्केत देखिए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा सरकार, निजी क्षेत्रदेखि सर्वसाधारणको दैनिकीसम्ममा गम्भीर असर पर्दै गएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्था बिमा क्षेत्रमा पनि देखिएको भन्दै बिमाविज्ञ डा। रविन्द्र घिमिरे भन्नुहुन्छ, “मान्छेको क्रयशक्तिमा सङ्कुचन आइरहेको छ । बिमा क्षेत्रको व्यवसाय पनि क्रमशः खस्कँदै गएको छ ।”

नेपाल बिमा प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपियाँ सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५।१९ प्रतिशतले बढी हो । अर्थात् जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलन अघिल्लो वर्ष ९३ अर्ब ७२ करोड ५२ लाख ५२ हजार रुपियाँ रहेको थियो ।

यस्तै १४ वटा निर्जीवन बिमा कम्पनीले २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपियाँ सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १।५३ प्रतिशतले बढी हो । अर्थात् निर्जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलन अघिल्लो वर्ष २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपियाँ रहेको थियो ।

निर्जीवन बिमालेख धेरै

चालु आवको फागुन मसान्तसम्म तुलनात्मक रूपमा निर्जीवन बिमा कम्पनीले जारी गरेको बिमालेखको सङ्ख्यामा ४।४२ प्रतिशतले बढोत्तरी आएको छ । यता जीवन बिमा कम्पनीले जारी गरेको बिमालेखको सङ्ख्यामा १।३९ प्रतिशतले कमी आएको छ ।

यस्तै जीवन बिमा कम्पनीले चालु आवको फागुन मसान्तसम्म एक करोड ३८ लाख सात हजार २४९ वटा बिमालेखहरू जारी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १।३९ प्रतिशतले कमी हो । गत वर्ष फागुनसम्म जीवन बिमा कम्पनीहरूले एक करोड ४० लाख एक हजार ५७७ वटा बिमालेख जारी गरेका थिए ।

चालु आवको फागुन मसान्तसम्म बिमाको दायरामा आएको कुल जनसङ्ख्यामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमालेखसहितको सङ्ख्या ४३।१६ प्रतिशत रहेको छ । यो सङ्ख्या गत आवको सोही अवधिको तुलनामा कमी आएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगार बिमालेख सङ्ख्यामा बढोत्तरी आएको छ । चालु आवको फागुन मसान्तसम्म २० लाख नौ हजार ३५१ वटा वैदेशिक रोजगार बिमालेख जारी भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४।१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १३ लाख ९३ हजार ९५६ वटा वैदेशिक रोजगार बिमालेख जारी भएको थियो ।

समीक्षा अवधिमा नवीकरण जीवन सङ्कलन ६।२० प्रतिशतले बढेको छ । चालु आवको फागुन मसान्तसम्म नवीकरण जीवन सङ्कलन ७९ अर्ब ८६ करोड ५५ लाख ५२ हजार रुपियाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७५ अर्ब २० करोड सात लाख ७९ हजार रुपियाँ रहेको थियो । प्रथम जीवन सङ्कलन भने १।०८ प्रतिशतले बढेको छ ।सभार गोरखापत्र अनलाइन

यो समाचार पत्रकार भेषराज बेल्बासे गोरखापत्र अनलाइन लेखनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० चैत्र १९,सोमबार
चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा
राजनिती

चुनावको मौसममै नेता : कांग्रेसका उम्मेदवार अनिल रुङ्गटा

प्रकाशित : २०८० चैत्र १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद