Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा,बारा र रौतहटका ५०० मुस्लिम परिवारलाई रमजान पर्ब मनाउन खाद्य सामाग्री सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र १८,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१८चैत– पर्सा,बारा र रौतहटका पाँच सय मुस्लिम धर्मावलम्बी परिवारलाई रमजान पर्ब मनाउनका लागि टर्कीको एक संस्थाको आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

टर्किस कोडिनेशन एण्ड कर्पोरेसन एजेन्सी (टिका) को आर्थिक सहयोगमा ह्युमन डेभलोपमेन्ट नेपालले तीन वटै जिल्लाका गरिब,विपन्न र एकल महिलालाई खाद्यान्न सामाग्री वितरण गरेको हो । पाँच सय परिवारलाई जनही चालम २५ केजी, पिठो ५ केजी, दाल २ केजी , चिनी २ केजी, खानेतेल २ लिटर र खजुर आधा केजीका दरले वितरण गरिएको ह्युमन डेभलोपमेन्ट नेपालका अध्यक्ष अरमान हासमीले जानकारी दिए ।

यसैक्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा ११६ परिवारलाई , वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मा १२९ परिवार , पर्सागढी नगरपालिकामा १०१ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको हासमीले बताए । तीन वटै जिल्लामा गरि पाँच सय परिवारलाई ती सामाग्री वितरण गरिएको उनले बताए ।

अहिले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्ब रमजान चलिरहेको बेला मुस्लिम समुदायका विशेषगरी आर्थिक अवस्था कमजोर भएका, एकल महिला , असहायहरुलाई लक्षित गरी रमजान पर्ब मनाउनका लागि सहयोग स्वरुप खाद्य सामाग्री वितरण गरिएको हासमीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा हवाई इन्धन चोरी गर्दै सात जना रंगेहात पक्राउ, ट्याङ्करसहित नियन्त्रणमा
आर्थिक

वीरगञ्जमा हवाई इन्धन चोरी गर्दै सात जना रंगेहात पक्राउ, ट्याङ्करसहित नियन्त्रणमा

प्रकाशित : २०८० चैत्र १८,आईतवार
बारामा चिनियाँ नागरिकसहित तीन जना विवाह प्रयोजनका क्रममा पक्राउ
राष्ट्रिय

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न घिमिरे पक्राउ

प्रकाशित : २०८० चैत्र १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद