Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र ४,आईतवार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।

छिपहरमाई गाउँपालिका वडा नम्बर(५ निवासी ३० वर्षीय सज्जाद आलम अहमदले गाउँपालिका क्षेत्र भित्रका विद्यालय अध्ययनरत बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले आइतबार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका हुन्।

स्थानीयले कडा कारबाहीको माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पनि बन्द गराएका थिए। त्यसपछि सज्जादलाई त्यहाँबाट इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।

सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ समेत बरामद गरिएको उनले जनाए। साथै उनको मोबाइल र पेनड्राइभमा केही अश्लील भिडियो पनि भेटिएको उनले सुनाए।

केही समय पहिले साउदी अरबबाट वैदेसिक रोजगारीबाट नेपाल फर्किएका उनी त्यसयता यस्तो गतिविधिमा लागेको स्थानीयवासीको आरोप छ।

आरोपित सज्जादलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको र पिडितहरुलाई लिखित जाहेरी लिएर आउन आग्रह गरिएको केसीले बताए।

‘पीडितबाट जाहेरी आएपछि त्यसकै आधारमा कारबाही प्रक्रिया अगाडि बढ्छ।’ उनले भने।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० चैत्र ४,आईतवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० चैत्र ४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद