Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा नगद २१ लाखसहित हुण्डी कारोबार गर्ने गिरोह पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २१,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२१फागुनः बारामा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली गरि पाँच जनालाई नगद २१ लाख ९ हजार नेपाली रुपैयासहित पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।
फागुन १८ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित अस्पताल रोडबाट अवैध रुपमा भारतबाट नेपाली रुपेयाँ ल्याउदै गरेको अववस्थामा भारत बिहारका रन्जित सर्राफलाई पक्राउ गरेको थियो । उनको साथबाट नगद पाँच लाख रुपैयाँपनि प्रहरीले बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा सर्राफले नेपाली र भारतीयसंग मिलेर संगठित रुपमै हु्ण्डीको धन्दा चलाएको खुलेपपछि त्यसमा संलग्न अरु चार जनालाई पनि थप १६ लाख ९ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले जानकारी दिए।सर्राफसहित कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको आसिफ मनि चेञ्जरका सञ्चालकद्वय कलैया ७ घर भएका कलामुदिन अन्सारी र महागढीमाई नगरपालिका १ का मेराजुल अन्सारीलाई फागनु १८ गतेनै पक्राउ गरिएको काफलेले बताए ।
अन्य दुई भारतीय नागरिकलाई भने फागुन २० गते भारतबाट हुण्डीको रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए । फागुन २० गते बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ छतवाबाट भारत बिहारको मोतिहारीका ४२ बर्षिय कृष्णलाल प्रसाद यादव र ४० बर्षिय रविशंकर सिंहलाई नेपाली १६ लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका पाँचै जना कलैयामा अन्सारीद्वयले इजाजत विना सञ्चालन गरेको मनि चेञ्जरमार्फत हुण्डीको कारोबार गर्ने गिरोहमा संलग्न व्याक्तिहरु रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताए ।काफलेका अनुसार, पक्राउ परेको गिरोहले खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुले कमाएको रकम संकलन गरी भारत पठाएर त्यहाँबाट अवैध रुपमा नेपाल भित्रयाउने गरेको थियो । बारामा मात्रै यो गिरोहले हुण्डी मार्फत मासिक तीनदेखि चार करोड रुपैयाँको अवैध कारोबार गर्दै आएको काफलेले बताए । यो गिरोहमा अन्य व्याक्तिहरुकोपनि संलग्नता रहेको भन्दैै प्रहरी उपरीक्षक काफलेले यसबारेमा थप अनुसन्धान भइरहेको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० फाल्गुन २१,सोमबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० फाल्गुन २१,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद