Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज कलेजको ‘सिक्दै कमाउदै’ कार्यक्रमको दोश्रो ‘खाना तथा सांस्कृतिक मेला’ शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्ज कलेजले आयोजना गरेको दोश्रो संस्करणको ‘सिक्दै कमाउदै’ कार्यक्रम अन्तर्गतको दोश्रो संस्करणको ‘खाना तथा सांस्कृतिक मेला’ आजदेखि शुरु भएको छ ।

वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको फुटपाथमा आयोजना गरिएको मेलाको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका थिए । उदघाटनपछि मन्तव्य राख्दै पञ्जिअ भुसालले सरकारी शैक्षिक संस्थाहरुले ल्याउनुपर्ने कार्यक्रम निजी कलेज ल्याउनु सराहनीय रहेको बताए ।


विद्यार्थीहरुलाई अध्ययन मात्रै नभई उद्यमशील बन्न, यसको बजार ब्यवस्थापन, आर्थिक स्रोत कसरी संकलन गर्ने, मुनाफा र विद्यार्थीहरुले जान्न जरुरी रहेको र मेलाबाट विद्यार्थीहरुले सिक्ने अवसर पनि पाउने बताए ।

मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल राखिएको छ । १५ देखि २० हजार दर्शकले मेलाको अनुगमन गर्ने कलेजको अनुमान छ ।

कार्यक्रममा पदेशसभा सदस्य विना शर्मा, भारतीय महावाणिज्य दूतबासका महावाणिज्य दूत देवी सहय मीना, नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा। सुवोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधवराज पाल, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी,

वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, लगायतले आ–आफ्नो धारणा राखेका थिए । क्याम्पस प्रमुख विनोद गुप्ताले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । क्याम्पस प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल शर्माले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद