Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

नेपालतर्फको लोडिङ एक साता भारतीय रेल्वेले रोक लगायो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — भारतको रेल्वे सञ्जालसँग जोडिएको नेपालको एकमात्र तथा पहिलो सुक्खा बन्दरगाह सिर्सिया सुक्खा बन्दरगाहका लागि भारतीय रेल्वेले २३ फेब्रुअरी मध्यरातदेखि २९ फेब्रुअरी मध्यरातसम्म एउटा पनि रेल्वे र्‍याक लोडिङ गर्न दिएन ।

भारतको रेल्वे मार्गमा ट्राफिक जामको समस्या देखाउँदै भारतीय रेल्वेले यस्तो गरेको हो । रेल्वे सेवा प्रभावित भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गरेका तथा भारतबाट मालवस्तु आयात गर्न खोजेका नेपाली आयातकर्ताहरुले एक साताको यस अवधिमा सिपिङ लाइन कम्पनीहरुलाई डिटेन्शन९बिलम्ब० शुल्क तिर्नुपर्ने भएको छ । सामान्यतया नेपाली आयातकर्ताले एक साताभित्र कन्टेनर शिपिङ लाइन कम्पनीहरुलाई फिर्ता गरी सक्नुपर्छ ।

रेल मार्ग नै नपाएपछि भारतीय रेल्वेको आफ्नो मात्र नभई सिर्सिया सुक्खा बन्दरगाहमा रेल सेवा सञ्चालन गर्दै आएका कोंकर, हिन्द टर्मिनल्स, प्रिस्टिन, जेएम बक्शी, डीपी वर्ल्डका रेल्वे र्‍याकहरु पनि कामविहीन भए ।

वीरगन्ज उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष माधव राजपाल यसबर्ष करीब ८ महिना अघिदेखि यो समस्या पटक(पटक देखिएको र यसले नेपाली आयातकर्तालाई बढी मर्का परेको बताउँछन् । ‘नेपाली आयातकर्ताले विशेष गरी तेस्रो मुलुकबाट मालवस्तु आयात गर्न ट्रान्जिटको रुपमा भारतीय रेलमार्ग प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा भारतीय पक्षले नेपाली मालवस्तुलाई प्राथमिकता दिनुपर्ने हो, तर त्यसो भईरहेको छैन ।’

संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम नेपाली आयातकर्ताहरुको ठूलो संख्या भारतीय रेल्वेसँग जोडिएकोमा भारतीय पक्षले नेपालतर्फको रेल्वे मार्गलाई सहज र निर्वाध बनाउनु पर्ने बताउँछन् । ‘लामो समयदेखि भारतीय रेल्वेको कारण हामीले भोगीरहेको यो समस्या अबिलम्ब समाधान गरिनु पर्छ,’ उनले भने, ‘तुलनात्मक रुपमा रेलबाट ढुवानी सस्तो र सहज हुने भएकाले नेपाली आयातकर्ताले विशेष गरी तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा कन्टेनर तथा अन्य वस्तु ढुवानीका लागि भारतीय रेलनै रुचाउने गरेका छन् ।’

यता सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्याली स्रोतले भारतीय रेल्वेले बिहिबारदेखि वीरगन्जका लागि लोडिङ खुल्ला गरेपनि एक साता लामो अवरोधले भारतीय रेल्वेमार्गमा झनै ट्राफिक जामको समस्या बढाउने बतायो ।

‘अहिले विशाखापटनम् बन्दरगाहमा ५ सय र कोलकाता बन्दरगाहमा ३ सय गरी नेपाली आयातकर्ताका ८ सय कन्टेनर भारतीय बन्दरगाहहरुमा थन्किएका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा प्रिष्टिन भ्यालीका एक अधिकारीले भने, ‘एकैसाथ लोडिङ खुल्ला गरेर रेल्वे र्‍याक रेल मार्गमा गुडेपछि स्वाभाविक रुपमा फेरि पनि रेल मार्गमा ट्राफिक जाम बढन जान्छ, यसले भारतदेखि नेपालसम्म रेल्वको चक्रिय प्रणालीमा अवरोध खडा हुन जान्छ, नेपालको आवश्यकता हेरेर भारतीय रेल्वेले साथ र सहयोग गर्नु पर्छ ।’ रेल्वेमा समस्या भएपछि नेपाली आयाकर्ताले स्थल मार्गबाट ट्रकमा कन्टेनर तथा अन्य मालबस्तु ढुवानी गरेर ल्याउदा ढुवानी लागत नै बढ्न जान्छ ।

भारतीय रेल्वेको पटकपटकको अवरोधको कारण पछिल्लो ८ महिनायता वीरगन्ज आउने मालबाहक रेलकै संख्या घट्दो क्रममा रहेको प्रिस्टिन भ्यालीका ती अधिकारीले बताए ।

‘विगतमा दैनिक २० देखि २५ रेल्वे र्‍याकको सिर्सिया सुक्खा बन्दरगाहमा आवागमन रहेकोमा हाल भने दैनिक ८ देखि ९ वटा सम्ममा झरेको छ,’ उनले भने, ‘नेपालको हालको कमजोर अर्थतन्त्रलाई दृष्टिगत गरी भारतीय रेल्वेले नेपाललाइ प्राथमिकता र सहयोग गर्नुपर्ने बेला यही हो ।’

भारतीय रेल्वेको आन्तरिक समस्याले नेपाल तर्फको ढुवानी अवरुद्ध हुदा बिशेष गरी नेपालमा कृषि याममा रासायनिक मलको ढुवानी प्रभावित भई नेपालमा मलको अभाव समेत हुने गरेको छ ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरमा रेल्वे र्‍याक तथा कन्टेनर ।सभार इकान्तिपुरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन
मुख्य समाचार

पर्सा–२ मा परिवर्तनको संकेत : बहुदरमाई–२ पिपरामा रास्वपाका उम्मेदवार सुशील शाह कानुलाई घण्टी बजाउँदै जनसमर्थन

प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न
मुख्य समाचार

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० फाल्गुन १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद