Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

जिवीराईको चलअचल सम्पति बेचेर वीरगञ्जबासीको १३५ करोड फिर्ता गराउन सांसद यादवको मांग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन ११,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,११ फाल्गुन । प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा सहकारीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा लयाउन मांग गरेका छन ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पुर्व मन्त्रि समेत रहेका सांसद यादवले सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया लिएर फरार भएको भन्दै सहकारीमा संलग्न सबैलाई पक्राउ गरेर कानुनी दायरा लयाउन सरकारको ध्यानाकर्षण गराए ।

सानो पाईला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगञ्जमा अच्चम्मको कार्य गरेको सांसद यादवले सुनाए, वीरगञ्जमा कार्यालय खोलेर वीरगञ्जबासीको १ सय ३५ करोड रुपैया सहकारीका संचालक जिवी राईले आफना आफन्त, रेस्टुरेन्टमा काम गर्ने कर्मचारी तथा टेलिभिजनमा काम गर्ने कर्मचारी गरेर ७५ जनालाई ९४ करोड रुपैया बिना धितो मात्र कपाली तमसुक बनाएर बाडिएको बताए ।

सांसद यादवले भने आम सर्वसाधारण व्यक्ती बैंकमा ऋण लिदा जग्गा जमीन धरौटी राख्नुका साथै सात पुस्ते लेखाउनु पर्ने हुन्छ तर सहकारीले वीरगञ्ज बाहिरका व्यक्तीलाई समान्य कपाली तमसुकको भरमा ९४ करोड रुपैया बाडेको आरोप लगाए ।

कपाली तमसुकको भरमा मात्र ६ करोड रुपैया सम्म सहकारीले बाडेको बताउदै नेपाल प्रहरीको सिआईबी तथा नेपाल सरकारको ध्यान किन नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद यादवले सहकारी प्रकरणमा संस्थामा संलग्न जिवी राई लगाएत सबैजनालाई अविलम्ब पक्राउ गरी कार्यवाहीको दायरामा लयाउन गम्भीर ध्यानाकर्षण गराए ।

वीरगञ्ज बासीका १ सय ३५ करोड रुपैया लिएर फरार भएका जिवी राई सहित सहकारीका कर्मचारीहरुको चलअचल सम्पत्ती बेचेर भएपनि वीरगञ्ज बासीका सम्पुर्ण रकम फिर्ता गराउन उनले मांग गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० फाल्गुन ११,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० फाल्गुन ११,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद