Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विपन्न परिवारका बालिकालाई ड्रेस तथा शैक्षिक सामग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन ८,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter


सखी संस्थाको आयोजना तथा Mundo Cooperante को आर्थिक सहयोगमा फेटा गा पा वडा नं १ मा संचालित परियोजना Preventing Early Forced Marriage by Empowering Marginalized Girls and Communities अन्तर्गत डोम, नेटुवा र विपन्न परिवारका ६५ जना बालिकालाई ड्रेस तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
वितरण कार्यक्रमको अध्यक्षता सखी संस्थाको अध्यक्ष मधु कुशवाहाको रहेको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति का सभापति श्री नरेन्द्र साह, विशिष्ट अतिथि फेटा गा पा का अध्यक्ष श्री रुस्तम अंसारी, प्रसौनी गा पा का अध्यक्ष श्री विनोद जयास्वार, फेटा का उपाध्यक्ष श्री निलम साह, प्रसौनी का उपाध्यक्ष श्री किरण साह, अतिथिमा फेटा गा पा वडा नं १ का वडा अध्यक्ष विगन दास, वडा नं २ का वडा अध्यक्ष नरेश पटेल, वडा नं ५ का वडा अध्यक्ष आयुब अंसारी, वडा नं ७ का वडा अध्यक्ष पपू सिंह, जिल्ला ट्राफिक का रामभक्त राय, अजपा का मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, समाजसेवी तथा पत्रकार उमेश दुबे , वडा सदस्य सुरेन्द्र यादव, युवा नेता शेषनाथ यादव, अजय पटेल, संदेश पटेल, प्र अ पारस जायसवाल, प्र अ उमेश शुक्ला, बलिराम सर, फेटा गा पा का महिला शाखा प्रमुख पुनम साह लगायतको उपस्थिति रहेको थियो।
स्थानीय सरकार प्रमुखले यस्ता गरीब र विपन्न परिवारका बाल बालिकाहरुको पढाइको सुनिश्चितता गर्नु पर्ने दायित्व रहे पनि सखी संस्थाले यस्तो एतिहासिक कार्य गरेकोमा सखी संस्थालाई धन्यबाद दिदै डोम र नेतुवा समुदायमा सानै उमेरमा हुने विवाह तथा बच्चाहरूको जन्मदर्ता विषयमा आफ्नो तहबाट पहल गरि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
त्यस्तै युवा नेता उमेश कुशवाहा ले स्थानीय सरकार प्रमुखले विकासको प्राथमिकतामा खाली भौतिक योजना र विकासलाई न राखी गरीब विपन्न ले पनि गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्ने र विशेष प्याकेज ल्याउने जस्ता योजनालाई पनि गम्भीर रूपमा राख्न आग्रह गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन ८,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन ८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद