Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतको अयोध्याबाट गहवामाई रथयात्रा समितिलाई निमन्त्रणा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष ८,आईतवार
A A
विश्व हिन्दू परिषद् भारतका पूर्वी चम्पारण अध्यक्ष एवं तिर्थ क्षेत्र पुजित अक्षत कलश वितरण यात्राका संयोजक मनोज सिंहको टोलीले श्री गहवामाई रथयात्रा समितिलाई निमन्त्रणा स्वरुप कलश सहित अक्षत हस्तारण

विश्व हिन्दू परिषद् भारतका पूर्वी चम्पारण अध्यक्ष एवं तिर्थ क्षेत्र पुजित अक्षत कलश वितरण यात्राका संयोजक मनोज सिंहको टोलीले श्री गहवामाई रथयात्रा समितिलाई निमन्त्रणा स्वरुप कलश सहित अक्षत हस्तारण

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । भारतको अयोध्यामा २२ जनवरी २०२४ मा हुन लागेको श्रीराम मन्दिरको प्राण–प्रतिष्ठा समारोह पछि सहभागी हुनको लागि अयोध्याबाट आईतवार एक टोली निमन्त्रणा दिन वीरगंज पुगेको छ ।

विश्व हिन्दू परिषद् भारतका पूर्वी चम्पारण अध्यक्ष एवं तिर्थ क्षेत्र पुजित अक्षत कलश वितरण यात्राका संयोजक मनोज सिंहको टोलीले श्री गहवामाई रथयात्रा समितिलाई निमन्त्रणा स्वरुप कलश सहित अक्षत हस्तारण गरेको छ ।
भारतबाट निमन्त्रणा दिन अध्यक्ष सिंह सहित विश्व हिन्दू परिषद् भारत रामगढवा प्रखण्ड अध्यक्ष राजन कुमार, दिगबिजय पार्थ, ओमप्रकाश सिंह सहितको टोलीले गहवामाई मन्दिर परिसरमा एक समारोहका बिच श्री गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, महासचिव लक्ष्मी नारायण (पप्पु) गुप्ता, माईस्थान मन्दिर संचालक समितिका अध्यक्ष दिना प्रसाद गुप्ता सहितलाई कलश सहित अक्षत हस्तान्तरण गरेर निमन्त्रणा दिएको हो ।

निमन्त्रणा दिए पश्चात गहवामाई अतिथि सदनमा सामुहिक छलफल समेत गरिएको थियो । सो अवसरमा कलश वितरण यात्राका संयोजक मनोज सिंहले २२ जनवरी २०२४ अर्थात प्राण–प्रतिष्ठा हुने दिन वीरगंज लगायत नेपालभरि दिपावली सहित भगवान रामको भजन किर्तन, रामचरित्र मानस पाठ लगायत पूजाअर्चना गर्न सुझाएका थिए ।सो अवसरमा गहवामाई रथयात्रा समितिले पूर्व मेची देखि पश्चिम महाकालीबाट बिगत करिब दुई हप्ता देखि संकलन गरिएको जल (२७ दिसेम्बर) पुस ११ गते जनकपुरधामबाट नेपालको विभिन्न जिल्ला हुदै भारतको अयोध्या पुगेर राम मन्दिर समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको रथयात्रा समितिका उपाध्यक्ष देवानन्द कलवारले बताए । राम मन्दिर प्राण प्रतिष्ठा हुने दिन रथयात्रा समितिले वीरगंजमा बिहान मोटरसाईकल ¥याली सहित माईस्थान मन्दिर परिसरमा सवा लाख दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको समेत उपाध्यक्ष कलवारले बताए ।

सो अवसरमा विश्व हिन्दु परिषदका पर्साका कोषाध्यक्ष पवन कुमार वर्णवाल, रथयात्रा समितिका कोषाध्यक्ष रविशंकर अग्रवाल, सदस्यहरु बिनय साह, शम्भु गुप्ता, ललन चौरसिया, दिपु गुप्ता, संजय सर्राफ, बिजय पटेल, रंजित गुप्ता लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० पुष ८,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० पुष ८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद