Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा पाँच वर्षिया नाबालिकामाथी करणी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर १०,आईतवार
A A
file photo

file photo

1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिकामा पाँच वर्षिया नाबालिकालाई घरमा बन्धक बनाएर जबर्जस्ती करणी गरिएको रहस्य खुलेको छ ।

स्थानीय ३९ वर्षिय अमित पोखरेलले पाँच वर्षिया नाबालिकालाई कोठामा ढोका थुनेर राखेको अवस्थामा स्थानीयले उद्वार गरेको बताइएको छ ।

भान्जी भन्दै घरमा आउजाउ गर्दै आएका अमितले बालिकालाई छोरीको कपडा लगाएर लैजान्छु भनेर दिउँसो एक बजेतिर लगेका थिए । सन्चो नभएकोले नाबालिक स्कुल गएकी थिईँनन् ।

आत्मियता देखाएपछि छोरी पठाएपनि घर नल्याएपछि आमा आत्तिईन । छोरीलाई लगेको एक घण्टा भईसकेको थियो । उनी खोजि गर्न निस्केकी थिईँन् । खोज्दै जाँदा ढोका लगाएको र चप्पल समेत बाहिर नदेखेपछि फर्केकि थिईँन् ।

छिमेकी सहित पुनः घरमा गएर बोलाँउदा समेत नबोलेको र ढोका नखोलेपछि छिमेकीले ढोकामा पटक–पटक खुट्टाले हानेपछि बाहिर निस्केका थिए ।

कोठा भाँडामा लिएर बसेका अमितले ढोकामा भित्रबाट चुक्कुल लगाएर बालिकालाई कोठमा राखेका थिए ।

घरमा पुगेपछि बालिकाले पिसाब गर्दा पोलेको भनेपछि करणीको घटना बाहिर आएको हो । उनले यौंनाङ्गमा ओैंला चलाउने, चुम्मा गर्ने र घटनाबारे अरुलाई जानकारी नगराउन भनेकी थिईँन् ।

उनको आमाले बालिकामाथि भएको घटनाबारे छरछिमेकमा भनेपछि अमितलाई घरभित्रै थुनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अमितलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा राखेको छ ।

पीडितले अमित विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । पीडित नाबालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको प्रहरीले बताएको छ ।
स्रोत : फरक नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर १०,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद