Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

म्याद गुज्रिएको औषधीको प्रयोगले बिरामीको ज्यान जाने जोखिम

by अनलाईन वीरगंज
प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित तराई हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र भवानी हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले बिरामीको स्वास्थ्यसँग खेलबाड गरिरहेको भेटिएको छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिले मङ्गलवार तराई हस्पिटल र भवानी हस्पिटलमा गरेको छड्के अनुगमनका क्रममा बिरामी उपचारका लागि दुवै अस्पतालले म्याद गुज्रिएको औषधीदेखि केमिकलसम्म प्रयोग गरिरहेको भेटिएको हो । म्याद गुज्रिएको औषधी र केमिकल प्रयोगले बिरामीको ज्यान जाने जोखिम हुँदा समेत दुवै अस्पतालले लापरबाही गरेको भेटिएको हो ।

समितिका सदस्य कन्हैया ठाकुरका अनुसार अनुगमनका क्रममा तराई हस्पिटलमा रहेको स्वास्थ्य परीक्षण ल्याबमा म्याद गुज्रिएको केमिकल लगायतका औषधीहरू प्रयोग भइरहेको भेटिएको छ । त्यस्तै हस्पिटलको आकस्मिक कक्ष ९इमर्जेन्सी वार्ड० मा मापदण्ड अनुसार सरसफाइ नभएको भेटिएको छ । ‘इमर्जेन्सीमा रहेको बेडको ओछ्यान तल हामीले मरेको छेपारो भेट्यौँ, त्यस्तै शौचालय पनि नियमित सफाइ नभएको पायौँ,’ उनले भने ।

त्यस्तै भवानी हस्पिटलमा पनि बिरामीको उपचारका लागि म्याद गुज्रिएको औषधी प्रयोग भइरहेको भेटिएको छ । ‘भवानीको त सघन उपचार कक्ष ९आइसियु० मा म्याद गुज्रिएको औषधी प्रयोग भइरहेको फेला पर्‍यो,’ वीरगञ्ज महानगरपालिकाको कार्यसमिति सदस्यसमेत रहेका ठाकुरले यात्रा डेलीसँग भने, ‘त्यहाँ रहेको ल्याबमा पनि म्याद गुज्रिएको औषधी, किट र केमिकलहरू भेटेका छौँ ।’ म्याद गुज्रिएको औषधी, केमिकल र किटहरू अनुगमन समितिले नियन्त्रणमा लिएको ठाकुरले बताए ।

पहिलो चरणको अनुगमन भएको कारण हालका लागि दुवै अस्पताललाई चेतावनी दिइएको उनले बताए । ‘अहिलेको लागि गल्ती सुधार्ने मौकासहित चेतावनी दिएका छौँ । भविष्यमा समेत गल्ती गरेको भेटिए सोझै अस्पताल सिल गर्छौँ,’ ठाकुरले भने ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, औषधी व्यवस्था विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्ज महानगरअन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।सभार यात्रा डेली

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० कार्तिक २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद