Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल बाँकेको ज्ञापन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई लागू नगरेको भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभियानदेखि आत्तिएका केही संगठनहरुले केही सदस्य संख्याको बखेडा झिकेर महासंघ केन्द्रको मूल उद्देश्य र स्प्रीडभन्दा बाहिर जान गरिएको प्रयास र प्रचारप्रति आपत्ति जनाउदै केन्द्र र प्रदेशले सुरु गरेको अभियान अनुसार अगाडी बढ्न र नेपाल पत्रकार महासंघको विधान अनुसार संस्थागत तरिकाले शाखाको काम कारवाहीलाई अगाडी बढाउन आग्रह गर्दछ । नेपाल पत्रकार महासंघ केन्द्रले सर्कुलर गरेको निर्णय अनुसार महासंघको गरिमा बढाउन गरेको अभियानमा हाम्रो साथ समर्थनका साथै यदि नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको नामावली जिल्लाले सार्वजनिक गरेर शुद्धिकरण र नयाँ सदस्यताको प्रक्रिया अविलम्ब कार्यान्वयन नगरिए हाम्रो संगठन चरणवद्वरुपमा आन्दोलनमा उत्रिने खबरदारी गर्दछ ।’

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनारको नेतृत्वमा गएको एक टोलीले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त ज्ञापनपत्र बुझाएको हो । टोलीमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा। डक्टप्रसाद धिताल, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिब गजेन्द्र गुरुङ, जिल्ला अध्यक्ष राजेस आचार्य, उपाध्यक्ष द्वय संगीन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद