Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भ्रष्टाचारीहरुलाई कारवाही गर्ने सवालमा नेकपा एस सरकारको साथमा रहेको – अध्यक्ष नेपाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले अन्तिम समय सम्म खुट्टा कमाउन नहुने कुरा बताउनु भएको हो । पर्साको बीरगन्जमा समाजवादी प्रेस संगठन नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्काे देशको नक्कली पहिचान बनाएर बिदेश पठाउने कामलाई राष्ट्रद्रोहीको संज्ञा दिएका छन् ।

देशको मान, सम्मान र मर्यादामा आँच पु¥याउने भ्रष्टाचार प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । ‘राजनीतिको आडमा ठगी खाने पेशा बनाउनेहरुलाई कुनै पनि हालतमा संरक्षण गर्नु हुँदैन, दण्डित गर्नुपर्छ’, उनी थप्छन्, ‘अहिलेसम्म सरकारले जुन कदम चालेको छ, एकदमै सह्रानीय छ । यही कामलाई निरन्तरता दियोस् । अन्तिम समयसम्म पनि सरकारले खुट्टा कमाउनु हुँदैन ।’

हाम्रो जस्तो सांस्कृतिक एवम् प्राकृतिक सम्भावना तथा बीरहरुको इतिहास बोकेको देशमा अत्यन्तै निन्दनीय काम गर्ने व्यक्तिहरु हुनु बिडम्बना भएको उनको बुझाई छ । साथै उनले अहिलेको समयमा पनि दलित भएकै कारण विभेद भोग्नुपरेका अमानवीय घटनाहरु भइरहेको बताउँदै सङ्कुचित मानसिकताको अन्त्य गर्न पनि आग्रह गरेका छन् ।

भ्रष्टाचारीहरुलाई कारवाही गर्ने सवालमा नेकपा एस मबजुतीका साथ सरकारको साथमा रहेको अध्यक्ष नेपालले बताए । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष मनोज पटेलको अध्यक्षता सम्पन्न भएको पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरी,दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश बिक, नेकपा एसका पोलिट व्युरो सदस्य रामचन्द्र साह, पर्सा अध्यक्ष बालगोपाल थापा लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद