Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : उपेन्द्र यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले सरकारमा रहेको जिम्मेवार व्यक्तिहरूले नेपाली नागरिकलाई भुटानी नागरिक र त्यसपछि भुटानी शरणार्थी बनाएर अमेरिका पठाएकोले यस घटनाको छानबिन निष्पक्ष हुनुपर्ने बताए । छानबिन पश्चात् देखा परेको अभियुक्तहरूलाई कानुनी दायमा ल्याउन माग उनले गरे ।

उनले यसले नेपालको साख छवि अन्तर्राष्ट्रिय जगत्मा घुमिल भएको बताए । यो घटना अमेरिकाकाे पनि चिन्ताको विषय छ । सरोकारको पनि विषय छ । अरु मुलुकको पनि होला,’ उनले भने,‘त्यसैले घटनाको छानबिन निष्पक्ष र पूर्वाग्रहरहित हुनुपर्छ।’

त्यस्तै उनले तत्कालीन १ नं. प्रदेशको नामकरण कोशी प्रदेश भए पनि त्यहाँका जनताले अस्वीकार गरेको बताए । उनले प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्ने बताउँदै अहिलेको नामारणलाई खारेज गर्नुपर्ने बताए । आफ्नो पहिचानको माग गर्नु र स्वविमानको रक्षा गर्नुको हक सबैलाई भएको हुँदा त्यसले त्यसलाई सम्मान गर्न आन्दोलनरत पक्षलाई वार्तामा ल्याई जायज आवाज न्यायोचित सवालाई राज्यले संवोधन गरी सरकारले समस्याको हल गर्नुपर्ने अध्यक्ष यादवको भनाई छ ।

‘दमन कुनै पनि समस्याको समाधान होइन,’ उनले भने, ‘त्यहाँको जनताले जे आवाज उठाएको छ, त्यसलाई सम्मान गर्नुपर्छ । सरोकारवाला पक्ष अन्योलरत पक्षलाई सकारात्मक सोचका साथ वार्ता गरी मुद्दालाई सम्बोधन गरी सरकार अगाडी बढ्नपर्छ ।’

‘जायज मागको लागि गरिएको आन्दोलनलाई दमनको रूपमा लियो भने राष्ट्रिय रूपमा भयावह रूप लिन सक्छ, उनले भने,‘विभिन्न आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि आफ्नो पहिचानको लागि सहादत दिनुपर्‍यो भने यो दुःखद कुरा हुन्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद