Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

बारा–२ मा पुरुषोत्तम पौडेललाई उठाउने एमालेको तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले)ले बारा क्षेत्र नम्बर २ मा नेता पुरुषोत्तम पौडेललाई उमेदवार बनाउने तयारी गरेको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनमा एमालेले पोलिट्ब्युरो सदस्य पौडेललाई उमेदवार बनाउन लागेको एक नेताले जानकारी दिए ।

“पार्टीले उहाँलाई उमेदवार बनाउने प्रबल सम्भावना छ । पार्टीको निर्णयमा उहाँले नाइँनास्ती गर्नुहुन्न भन्ने लागेको छ,” पोलिट्ब्युरो सदस्य समेत रहेका ती नेताले भने ।

  • बारा–२ मा उपेन्द्र यादवलाई टक्कर दिन लोसपाबाट राजेन्द्र महतो उमेदवार बन्दै 

पौडेल ०४३ को निजगढका जनपक्षीय प्रधानपञ्च हुन् । उनी ०५१ सालको संसद् र दोस्रो संविधानसभाका सदस्य हुन् । त्यसपछि ०४८ र ०५६ मा बारा–३ बाट पराजित भएका थिए । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए ।

२०७० सालमा युवा तथा खेलकुदमन्त्री बनेका थिए । खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति विवादमा परेका उनी अख्तियारको निर्देशनमा मन्त्रीबाट हटाइएका थिए । साभार : १२ खरी 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद