Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका वडाध्यक्षलाई थुनामा राख्न आदेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २४,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।  छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा बारा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेश अनुसार प्रहरीले उनलाई वीरगञ्ज कारागार चलान गरेको छ ।

कारागार चलानसँगै वडा अध्यक्षको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताए । थुनामा रहँदासम्म उनी निलम्बित रहने कानूनी व्यवस्था छ ।

पहिलो सुनुवाई हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको उनले बताए ।

६ नम्बर इजलाशकी न्यायाधीस तारादेवी महर्जनको आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपुर्ती भराउने माग दाबी गर्दैै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेका अभियुक्त श्रेष्ठ तीन महिनादेखि फरार रहेका थिए ।

गत असोज १९ गते छिमेककी १४ वर्षिय एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लगाउदै पीडित किशोरीले असोज २५ मा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

उजुरीपछि प्रहरीले किशोरीको असोज २५ नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार आरोपित श्रेष्ठले बाहिर बस्दा पनि असुरक्षित महसुस गरेर पुष १६ मा आफैँ प्रहरीको सम्पर्कमा आएका थिए ।

श्रेष्ठलाई हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निजगढ प्रहरीले अदालतबाट ३ पटकसम्म म्याद पाएको थियो ।

श्रेष्ठको अनुसन्धानमा पहिलो पटक ७ दिन, दोस्रो पटकको लागि १० दिन र तेस्रो पटक ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान प्रक्रिया टुङ्ग्याएर सरकारी वकिलको कार्यालयमार्फत श्रेष्ठलाई सोमबार अदालतमा पेस गरेको थियो । साभार : खबरहब

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ माघ २४,मंगलवार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ माघ २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद